कृष्ण अन्जान, रुरु। नेपाली काँग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले देशलाई सँकट पर्दा काँग्रेसले काँध थापेकाे बताए । आसन्न चौधौँ महाधिवेशनकाे सन्दर्भमा रिडीमा आयाेजित पार्टीको क्षेत्रिय अधिवेशनमा बाेल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले यतिबेला दुईतिहाई मत कम्युनिस्ट पार्टीलाई जनताले दिएपनि सरकार र मुलुक चलाउन नसकेपछि सरकारकाे जिम्मा काँग्रेसल लिएकाे बताए ।
कम्युनिस्टकाे सरकारले तीन वर्ष न काम न शान्ति न सम्पन्नता कुनै कुरा हासिल नभएकाे मात्र केन्द्र र प्रदेशमा समेत सरकार ढाल्ने र आफ्नाे पार्टी चकनाचुर पार्ने मात्र काम गरेकाे आराेप लगाए । रिडीकाे तिनमुखे पुल आफ्नाे पालामा २०७०मा शिलान्यास गरिएकाे बताउनु हुँदै काँग्रेसकै सरकार हुँदा पूरा हुन लागेकाेमा खुशि लगेकाे बताए ।
हामीले राजनैतिक पार्टी सुधार्न लागेकाेले पार्टी सुध्रे राजनिती सुध्रिने र राजनिती सुध्रे मुलुक सुध्रिने नेता चन्द्र भण्डारीकाे दावि थियाे । कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका क्षेत्रिय सभापति पारेस्वर ढकालले सँगठन निर्माणमा पहिलाे प्राथमिकतामा राखेर आफ्नाे कार्यकालमा काम गरेकाे बताउनु हुँदै रुरुक्षेत्रकाे पर्यटन प्रवर्द्धनका लागि रिडीमा अधिवेशनकाे आयाेजना गरेकाे बताए ।
सत्यवति गाउँपालिकाका अध्यक्ष समेत रहेका पार्टीका क्षेत्रिय सभापति पारेश्वर ढकालकाे अध्यक्षतामा भएकाे उदघाटन सत्रमा क्षेत्रिय उप सभापति जगदीश भट्टराईले स्वागत र क्षेत्रिय सचिव धातानन्द भण्डारीले सन्चालन गरेका थिए । रुरुक्षेत्रकाे रिडी बजार यतिबेला काँग्रेसमय बनेकाे छ ।

गुल्मी क्षेत्र न १ का पचास वडाका करिब एकहजार प्रतिनिधि हरुले क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधि छान्ने छन । विभिन्न पदहरुमा चौहत्तर जनाले प्रतिष्पर्धा गर्दै छन । यतिबेला काँग्रेस गुल्मी का दुई हस्ति मुक्ति कँडेल र पारेश्वर ढकाल निर्वाचन क्षेत्र १ काे अध्यक्ष पदका लागि प्रतिष्पर्धामा छन ।
यसै गरि सबै भन्दा राेचक प्रतिष्पर्धा महाधिवेशन प्रतिनिधिकाे खुल्ला तर्फ छ जस्मा १० पदका लागि २१ जनाकाे प्रतिष्पर्धा छ । मुख्य रुपमा पुराना हस्ति हरु अनन्त राम पौडेल जगदीश भट्टराई झक बहादुर पुन भरत बहादुर वस्नेत माेहन ज्ञवाली रविराज ज्ञवाली पनि यहि पदमा प्रतिष्पर्धी छन भने नया युवाहरु याेगराज कँडेल अमृत ज्ञवाली तुल्सि राम पाण्डे तारा बहादुर थापा लगाएतले उम्मेदवारी दिएपछि याे प्रतिष्पर्धा राेचक देखिएकाे छ ।
यसै विच क्षेत्रिय कार्य समितिकाे समानुपातिक अपाँग सदस्य पद र कार्य समितिकाे समानुपातिक जनजाति सदस्य पदमा उम्मेदवारी परेकाे छैन । मतदान २ बजेदेखि शुरु भएकाे र राति सम्म मतगणना सकिने निर्वाचन समितिले जनाएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology