Logo

२०८३, श्रावण २७गते


images
images

टेस्ट सिरिज

चौथो टेस्टमा इङल्याण्डविरुद्ध भारतको औसत शुरुवात : ऋषव पन्त रिटायर्ड हर्ट

चौथो टेस्टमा इङल्याण्डविरुद्ध भारतको औसत शुरुवात : ऋषव पन्त रिटायर्ड हर्ट

images
  • चौथो टेस्टमा इङल्याण्डविरुद्ध भारतको औसत शुरुवात : ऋषव पन्त रिटायर्ड हर्ट
    images
    images

    काठमाडौँ । भारत र इङल्याण्डबीच जारी टेस्ट सिरिजको चौथो टेस्ट बुधवारदेखि शुरु भएको छ । यस टेस्टमा भारतले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

    images
    images
    images

    पहिलो दिनको खेल सकिदा भारतले ४ विकेट गुमाएर २६४ रन बनाएको छ । भारतका लागि श्रदुल ठाकुरले १९ र रविन्द्र जडेजाले १९ रन बनाएर खेलिरहेका छन् ।

    images
    images
    images

    यस खेलमा भारतका विकेट किपर ब्याट्सम्यान ऋषव पन्त घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । ३७ रन बनाएर खेलिरहेका पन्तले ब्याटिंग गर्दा खुट्टामा बलले लागेपछि घाइते भएका थिए ।

    images
    images
    images

    त्यस्तै भारतका लागि साई सुदर्शनले ६१ रन बनाएर आउट भए भने केएल राहुलले ४६ र यशस्वी जैसवालले ५८ रन बनाएका थिए । त्यस्तै कप्तान शुभमन गिल १२ रन बनाएर आउट भएका थिए ।

    त्यसैगरी इङल्याण्डका बलर बेन स्टोक्सले २ विकेट लिए भने लियाम डवसन र क्रिस वोक्सले एक एक विकेट लिए ।

    यस सिरिजमा इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेस्ट सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।