काठमाडौं । आज बैशाख ९ गते नेपाली कम्युनिस्ट पार्टीहरुको लागि महत्वपूर्ण दिन अर्थात पार्टी स्थापना दिवस । आजभन्दा ७३ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि उनको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद समेत गरिएको थियो । सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी कार्यशैली र विचारधारागत मतभेदका कारण आज विभिन्न टुक्रामा विभाजित छन् ।
कम्युनिस्ट पार्टी र तिनका नेतामध्य धेरैलाइ आजको दिन पनि सम्झना छैन । सम्झेकाहरुले पनि फेसबूकमा स्टाटस पोस्ट्याएर पल्लाघरे साइँला/साइँलीलाइ जन्मदिनको शुभकामना दिए झै कम्युनिस्ट पार्टी स्थापना तथा लेनिन जन्मजयन्तीको शुभकामना दिएका छन ।
आजभन्दा ७३ बर्ष अघि २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्दा त्यो दिन अप्रिल २२ अर्थात् अन्तर्राष्ट्रिय कम्युनिस्ट नेता भ्लादमिर इलिच लेनिनको जन्मदिन पनि परेकोले आजको दिनलाइ नेपाली कम्युनिस्टले पार्टी स्थापना र लेनिन जयन्तीको रुपमा संयुक्त मनाइन्छ । २००६ मा झै संयोगबस आजपनि अप्रिल २२ नै परेको छ ।
आजभन्दा केही बर्ष अघिका दिनहरु सम्झिने हो भने आजको दिनमा राता झण्डाहरु फर्फराउदै विशाल सभा गरिन्थे । कम्युनिस्ट नेताहरुले बिश्व कम्युनिस्ट आन्दोलनको महिमा गाउँथे । आजको दिनलाइ ठुलै उत्सवको रुपमा मनाइन्थ्यो ।
तर, अब समय त्यस्तो रहेन । कम्युनिस्ट पार्टी र तिनका नेतामध्य धेरैलाइ आजको दिन पनि सम्झना छैन । सम्झेकाहरुले पनि फेसबूकमा स्टाटस लेखेर पल्लाघरे साइँलालाइ जन्मदिनको शुभकामना दिए झै कम्युनिस्ट पार्टी स्थापना तथा लेनिन जन्मजयन्तीको शुभकामना दिएका छन ।
आफुलाइ कम्युनिस्ट भनेर १२ हात उफ्रिनेहरुलाइ आफ्नै जन्मदिनको पत्तो छैन । गौरवपुर्ण इतिहासको कुनै गरिमा छैन । होस् पनि कसरी, आजभोलिका कम्युनिस्टलाई कसैको जग्गा बेच्नुको हतारो छ । कसैको मुद्दा मिलाएर दुनो सोझ्याउने चटारो छ । पाएको पद फुत्किन्छ कि रहन्छ भन्ने चिन्ताले डिप्रेसनको औंषधीको खोजीमा छन कम्युनिस्टहरु ।
जुंगाको लडाइ र ब्यक्तिगत स्वार्थमा रूमल्लीएका नेताहरुलाइ आजको दिनले सत्-बुद्दी दिओस । लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसको शुभकामना !!
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology