Logo

२०८३, आश्विन ९गते


images
images

नव आगन्तुक विद्यार्थीलाई केरवानीको स्वागत

नव आगन्तुक विद्यार्थीलाई केरवानीको स्वागत

images
  • नव आगन्तुक विद्यार्थीलाई केरवानीको स्वागत
    images
    images

    देवदह । केरवानी मा वि देवदह ५ ले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा प्रधानाध्यापक निर्मल ढुङ्गानाले विद्यालयको आचार संहिता र विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासनबारे जानकारी दिए ।

    images
    images
    images

    उनले केरवानी मावि यस क्षेत्रकै अग्रणी शैशिक संस्था भएकाले यसले अन्य विद्यालय र विद्यार्थीहरुलाई पनि शैक्षिक गुणस्तरसँगै अनुशासन र लगनशिलताको परिचय दिनुपर्ने बताए । ‘ अव कसैले विद्यालय पोशाक बिनाको कुनै विद्यार्थी देखेपछि कहाँ पढ्छौ भनेर सोध्नुनपर्ने छैन । विद्यार्थीको हाउभाउ तथा स्वभावले केरवानीको परिचय दिने वातावरण विद्यालयले तयार पारिरहेको छ ।’ उनले भने, ‘पारिवारिक तथा सिकाईमैत्री वातावरणमा हामीले विद्यार्थीलाई शैक्षिक गतिविधिमा संलग्न गराईरहेका छौं ।’

    images
    images
    images

    केरवानी मावि रुपन्देही क्षेत्र नं १ को एक मात्र विज्ञान संकाय अध्यापन हुने विद्यालय भएको बताउँदै उनले २०७७ देखि अहिलेसम्म विज्ञान विषयको परिक्षाफल उत्कृट दिइरहेको बताए । अन्य संकायमा समेत केरवानीको नतिजा राम्रो रहेको बताउँदै पछिल्लो क्रममा अभिभावक र विद्यार्थीहरुले समेत विश्वास गरिरहेको उल्लेख गरे ।

    images
    images
    images

    यस शैक्षिक सत्रको कक्षा ११ मा एक सय २० जना विद्यार्थी भर्ना गराएको केरवानीले नव आगन्तुक विद्यार्थीहरुका भविष्यको लक्ष्य र योजना समेत टिपोट गरेको छ । जसबाट विद्यार्थीको ईच्छा र उसले अध्ययन गर्न चाहेको विषयबारे थप प्रष्ट हुने विद्यालयका अध्यक्ष विरेन्द्र पाण्डेले जानकारी दिए । उनले आफु अध्यक्ष भएपछि अहोरात्र विद्यालयको गुणस्तर सुधारमा लागिरहेको बताउँदै आफ्नो कार्यकालमा कक्षा ११ मा अध्ययनको लागि देवदहबाट अन्यत्र जानुपर्ने वातावरणको अन्त्य गर्ने उल्लेख गरे । शैक्षिक सफलताको लागि लागि विद्यालयले कुनै कसर बाँकी नछाड्ने अध्यक्ष पाण्डेको भनाई छ ।

    kerwani 1.jpg

    कार्यक्रममा समृद्ध समुदाय विकास केन्द्रका संयोजक युवराज चापागाईंले विद्यार्थीहरुले अवलम्वन गर्नुपर्ने असल व्यवहार र शैक्षिक सफलताका लागि विकास गर्नुपर्ने सकारात्मक सोँचबारे जानकारी गराएका थिए । उनले कक्षा ११ उच्च शिक्षाको गेट भएको उल्लेख गर्दै शैक्षिक सफलता हासिल गर्नका लागि विद्यार्थीहरु अग्रसर हुनुपर्ने बताए । 

    सहायक प्रधानाध्यापक कमल प्रसाद ज्ञवालीको स्वागत, खेमानन्द ज्ञवालीको धन्यवाद र यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक हिरण्यलाल लम्सालले विद्यालयमा अध्यापन गराउने विषय शिक्षकहरुको परिचय गराएका थिए । 

    शिक्षक कृष्ण प्रसाद ज्ञवाली, सरोज कुमार न्यौपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्णचन्द्र पुरी, विनीता अधिकारी, माया भण्डारी लगाएतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।