Logo

२०८३, आश्विन ९गते


images
images

समीक्षा अधिकारी र एलिना चौहानको अभियानमा जोडिए गायक रामकृष्ण ढकाल

समीक्षा अधिकारी र एलिना चौहानको अभियानमा जोडिए गायक रामकृष्ण ढकाल

images
  • समीक्षा अधिकारी र एलिना चौहानको अभियानमा जोडिए गायक रामकृष्ण ढकाल
    images
    images

    काठमाडौं । सामाजिक सञ्जालमा आफूमाथि हुने अभद्र टिप्पणी र गालीगलौजविरुद्ध चलिरहेको अभियानमा गायक रामकृष्ण ढकाल पनि जोडिएका छन् ।

    images
    images
    images

    यसअघि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले शुरु गरेको यस अभियानमा अन्य कलाकार पनि जोड्नेक्रम जारी रहेको छ ।

    images
    images
    images

    ढकालले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभद्र टिप्पणी गर्नेहरुको प्रोफाइल सार्बजनिक गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- ' अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान । सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईहरू जस्ता अपराधीलाई कठहरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो । उहाँहरुले पानी मुनीबाट पनि खोजेर सार्वजनिक गर्नु नै हुनेछ ।' 

    गायक ढकालले केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैसे गरिरहेको हुने भन्दै यो अभियानलाई थप गति दिन प्रतिभाशाली गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्न चाहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।