काठमाडौँ । दक्षिण भारतीय फिल्म वेट्टुवमको छायांकनको क्रममा स्टन्टका लागि प्रसिद्ध स्टन्टम्यान मोहनराज उर्फ एसएम राजुको मृत्यु भएको छ ।
शोभिता धुलिपाला र आर्य मुख्य भूमिकामा रहेको फिल्म वेट्टुवमको छायांकनको क्रममा स्टन्टम्यान राजुको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
साउथ स्टार विशालले आफ्नो आधिकारिक एक्स अकाउन्टबाट स्टन्टम्यान राजुको मृत्युको पुष्टि गरेका छन् । अभिनेता विशालले एउटै उद्योगबाट आएको र उनले आफ्ना धेरै फिल्महरूमा योगदान पुर्याएको हुनाले, म मेरो कर्तव्य अनुसार मेरो हृदयबाट उनीहरूलाई मेरो सहयोग गर्ने बताएका छन् ।
स्टन्टम्यान राजुको मृत्युको खबर बाहिर आएपछि, अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले सेटमा आवश्यक सुरक्षा उपायहरू नभएकोमा फिल्मका निर्माता रंजितविरुद्ध उजुरी दर्ता गर्न माग गरेको छ । धेरै जागरणका बाबजुद पनि, निर्माताहरूले पैसा बचाउन र प्राविधिक र कामदारहरूको जीवनसँग सम्झौता गर्न सुरक्षा प्रोटोकललाई बेवास्ता गर्ने गरेको एसोसियसनले आरोप लगाएको छ । साथै एसोसियसनले राजुको परिवारलाई एक करोड क्षतिपूर्ति पनि माग गरेको छ ।
तमिलनाडुको केलैयुर प्रहरी स्टेशनमा राजुको मृत्युको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology