कृष्ण अन्जान, गौँडाकाेट । नेपाली काँग्रेसकाे गुल्मीका विभिन्न तहका अधिवेशनहरु जारी रहेकै क्रममा गुल्मी क्षेत्र न १ 'ख' काे अधिवेशन स्थल गौँडाकाेटमा काँग्रेस कार्यकर्ताकाे चहल पहल बिहिबार बिहानै देखि शुरु भएकाे छ ।
सदरमुकाम तम्घास देखि नजिकै रहेकाे सानाे बजार गौँडाकाेट बजारमा यतिबेला काँग्रेस नेता कार्यकर्ताहरुले एक आपसमा भेटघाट भलाकुसारीमा व्यस्त देखिएका छन । शुक्रबार हुने गुल्मी निर्वाचन क्षेत्र न १ काे प्रदेश ख का लागि यसक्षेत्रका २५ वटा वडाबाट पाँच सय भन्दा बढि प्रतिनिधिहरुले १६ जना प्रदेश प्रतिनिधि चयन गर्नेछन् ।
प्रदेश प्रतिनिधिमा ७ जना पुरुष ३ जना महिला र ६ जना समावेशी छानिने छन । शुक्रबार हुने अधिवेशनले प्रदेश १ सभापति १ उपसभापति २ सचिव र २ उपसचिव सहितकाे पदाधिकारी चयन गरिने छ भने प्रदेश प्रतिनिधिमा चयन हुने सदस्य नै प्रदेश कार्यसमितिमा रहने प्रदेश प्रतिनिधिका उम्मेदवार समेत रहनु भएका गाेपाल ज्ञवालीले बताउनु भयाे ।

निर्वाचन क्षेत्र १ 'ख' मा पर्ने स्थानिय तहका रेसुँगा नगरपालिकाका ८,गुल्मी दरबारका ७,क्षत्रकाेटका ७ र रुरुक्षेत्र गाउँ पालिकाका ३ वडा गरि २५ वडाका क्षेत्रिय प्रतिनिधिहरुले प्रदेश प्रतिनिधि र प्रदेश पदाधिकारीहरु चयन गर्नेछन ।
नेपाली काँग्रेसले आफ्नाे आसन्न चौधौँ महाधिवेशनकाे पुर्व सन्ध्यामा स्थानीय तहका वडा महानगर उप महानगर नगर र गाउँ पालिकाका अधिवेशनहरु सम्पन्न गर्दै प्रदेश सभा क्षेत्रिय र जिल्ला अधिवेशनमा जुटिरहेकाेले यतिबेला विभिन्न पदका लागि उम्मेदवारिकाे दावी गर्दै नेता गाउँ गाउँमा घुम्दै गरेकाले काँग्रेसकाे माहौल तातेकाे अनुभव गरिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology