देवदह । देवदहमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ देवदहको आयोजनामा संचालित शिविरमा २८४ जनाले सेवा लिएको जनाइएको छ ।
देवदह-७ स्थित शितलनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा संचालित आँखा शिविरमा जाँच गर्ने क्रममा ८ जनामा मोतियाबिन्दु देखिएको र बुटवल आखाँ अस्पतालमा रिफर गरिएको स्वास्थ्यकर्मी रञ्जित गर्डेरियाले जानकारी दिए ।
कार्यक्रममा क्षयरोग, एचआइभी लगायतका रोग सम्बन्धी स्वास्थ्य परीक्षणसमेत गरिएको लायन्स क्लब अफ देवदहका विष्णु ज्ञवालीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology