कृष्ण अन्जान, रुरु । नेपालमा राष्ट्रिय कफि दिवस मनाई रहँदा नेपालकै एकमात्र कफि अनुसन्धान कार्यक्रम रुरुक्षेत्र ४ भण्डारी डाँडाले यतिबेला कुषि बैज्ञानिक कृष्ण थापालाई सम्झिँदैछ । कफि अनुसन्धान कार्यक्रम भण्डारी डाँडा गुल्मीका प्रमुख डाक्टर कृष्ण थापाकाे मन भारी बनाएर कफि अनुसन्धान कार्यक्रमबाट रिटायर्ड भई बिदा भएकाे करिब छ महिना भयाे तर सिँगाे गुल्मीले उनकाे याेगदानलाइ बिर्सेकाे छैन ।
उमेरकाे हदबन्दीले गत जेठकाे दाेस्राे हप्ता आफ्नाे परिश्रमले सिर्जेकाे कफि अनुसन्धान कार्यक्रमबाट बिदाइ हुनु पर्दा कताकता मन पाेलेकाे अनुभव डाक्टर थापाले गर्नु स्वाभाविक थियाे । मानविय चक्र ,कस्ले कहाँ पुगेर ईतिहास बनाउँछ थाहा हुन्न । रुरुक्षेत्र गाउँपालिका वडा न ४ तालखाेलाकाे भण्डारी डाँडामा आउँदा स्याल कराउने निर्जन ठाउँ मात्र रहेकाे कृष्ण थापाले अहिले पनि सम्झिन्छन तर त्यहि भण्डारी डाँडा यतिबेला नेपालमा मात्र हाेइन विदेशमा समेत परिचित छ ।
तालखाेलाका याे क्षेत्रमा कुनैबेला राैनकता थियाे । थकाली समुदायका हाेटलहरुमा मिठाे खान्की पाक्थ्याे । लाहुरेहरु क्याबात भन्दै यहाँ सुनौलीबाट पाल्पाहुँदै रिडी र रिडीबाट तालखाेला तिर निस्कन्थे र यहिठाउँमा बाँस बस्थे । गुल्मी बाग्लुङ जाने लाहुरे भरिया बाेक्ने भरिया दाइहरुकाे पहिलाे राेजाइ थियाे तालखाेला र भण्डारी डाँडा तर जताततै सडक पुगेपछि तालखाेला भाटियाे र यहाँकाे थकाली समुदायहरु व्यापारका लागि अन्यत्रै सरे । बिक्रम सम्वत २०४२ साल देखि याे क्षेत्र निर्जन बन्याे । तर समय चक्र फेरियाे । करिब एकतिस वर्ष पछि फेरी भण्डारी डाँडाले नया रुप तर्फ आफुलाइ डाेर्यायाे ।
कृषि अनुसन्धान परिषदले गरेकाे सम्भाव्यता अध्ययन प्रतिवेदनले भण्डारी डाँडालाइ कफि अनुसन्धानका लागि उपयुक्त ठाउँ छनौट गर्याे । त्यतिबेला गुल्मेली कफि सराेकारवालाहरु खुशि भए जतिबेला २०७३ वैशाख ३ गते तत्कालीन मुख्य सचिव लिलामणि पौडेलले कफिकाे बेर्ना राेपेर कफि अनुसन्धान कार्यक्रम बलेटक्सारकाे विधिवत शुभारम्भ गरे । कफि अनुसन्धान कार्यक्रम काे शुभारम्भ सँगै फेरी कार्यक्रमकाे लगाम सम्हाल्न आइ पुगे कृष्ण थापा । नौलाे ठाउँ अनेक चुनौति हरुका बिचमा सम्भावना खाेज्दै प्रमुख थापाले ६ वर्षमा कफि अनुसन्धान कार्यक्रममा कायापलट गरेर देखाइ दिएका हुन । कफि अनुसन्धान कार्यक्रमकाे लक्ष्य कफि खेति प्रविधिकाे विकास र प्रयाेग सँगै नेपाली कृषक हरुकाे जिविकाे पार्जनमा सुधार ल्याउनु हाे हामीले त्याे कार्यलाइ मुर्त रुप दियौँ जस्ताे लाग्छ प्रमुख थापाले भने ।
भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रमका भव्य कार्यालय प्रयाेगशाला कर्मचारी आवास बनी सकेका छन भने भव्य तालिम केन्द्र पनि बनिरहेकाे छ । बयालीस जातका कफिका बगैँचा र यी कफिहरुकाे अनुसन्धान याे वैभवता कृष्ण थापाकाे याेगदानकाे मात्र हाेइन वहाँकाे पसिनाकाे वैभवता पनि हाे । सबेै सँरचनाहरु बनिसक्दा कफि अनुसन्धान कार्यक्रममा दरवन्दि भएर पनि कृषि अनुसन्धान परिषदले विशेषज्ञ नपठाउँदा प्रमुख थापाकाे मन दुखेकाे कफि अनुसन्धान कार्यक्रमबाट अवकास लिने बेलामा बताएका थिए । जे जति छन त्यतिले काम चलाएका छौँ तर विशेषज्ञकाे धेरै खाँचाे छ आफुले छाडेर गएपनि आफुले गरेकाे मेहेनतमा खिया नलागाेस भन्ने मेराे मान्यता हाे टाढा हेर्दै प्रमुख थापालाई याे ठाउँकाे मायाले अझै छाडेकाे छैन ।
आफुले सिर्जना गरेकाे सँरचनाकाे माया धेरै हुँदाे रहेछ जति याे ठाउँ बाट जाने दिन नजिक आउँदैछ झन झन कफिका बाेटहरु सुमसुम्याउन मन लाग्छ पटक पटक बगैँचा तिर घुम्छु , म जागीर खान मात्र यहाँ आएकाे हाेइन मेराे अभिष्ट अनुसन्धान सँगै कफि किसानहरुलाइ कफि खेतिका लागि याेग्य बनाउनु पनि हाे थापा भावनामा बग्छन । गएकाे जेठकाे दाेस्राे हप्ता कफि अनुसन्धान कार्यक्रमबाट हात हल्लाउँदै प्रमुख थापा पाेखरा आफ्नाे घर फर्कनु फर्केका हुन तर अझै पनि बेलाबेलामा कफि अनुसन्धान कार्यक्रम प्रति चासाे राख्छन । यतिबेला कफि अनुसन्धान कार्यक्रम का लागि जग्गाको समस्या प्रमुख छ ।सुकुम्बासी समस्या सामाधान आयाेगले बाँडेको करिब ८० राेपनि जग्गा त्याे क्षेत्रमा छ तर दुई दशक हुँदा पनि त्याे जग्गामा कुनै जग्गा धनि आएकाे छैन । याे जग्गा राज्यले कफि अनुसन्धान कार्यक्रमका लागि मिलाउन आवस्यक छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology