Logo

२०८३, कार्तिक २४गते


images
images

लुम्बिनी खतराको सुचीबाट हट्यो, विश्व सम्पदा सुचीमा सुचीकृतको प्रक्रियामा तिलौराकोट

लुम्बिनी खतराको सुचीबाट हट्यो, विश्व सम्पदा सुचीमा सुचीकृतको प्रक्रियामा तिलौराकोट

images
  • लुम्बिनी खतराको सुचीबाट हट्यो, विश्व सम्पदा सुचीमा सुचीकृतको प्रक्रियामा तिलौराकोट
    images

    बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ । फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले  लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

    images
    images
    images

    बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा पेरिसमा सम्पन्न बैठकले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।   यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो । दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६औं सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावका कारण खतराको सूचीमा पर्नबाट जोगिएको थियो । पेरिसमा जुलाई ६ देखि १६ सम्म युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसन चलिरहेको छ । आउँदो बुधबार उक्त सेसन समापन हुनेछ ।

    images
    images
    images

    साथै  गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा रहेको छ।

    images
    images

    बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा ल्हारक्याल लामा(खेन्पो छिमेछिङ्ग)  लगायतको टोली पेरिसमा रहेका  छन् ।

    विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो । अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको हो ।

    उपाध्यक्ष लामाले पेरिसमा एक हप्ता अघिबाट फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागि भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो तथा निर्देशक ग्वेनाले बोर्डिन सहित विभिन्न देशका कुटनीतिक  नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरुसन्ग भेटवार्ता तथा छलफल गरेको जनाइएको छ ।

    लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग)ले लुम्बिनीलाई खतराको सूचीमा पर्नबाट जोगाउन आफ्नो कार्यकालमा कन्सेप्च्युअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी हेरिटेज कन्फेरेन्स आयोजना र सेक्टर स्ट्राटेजीसहित संरक्षण सुधारका कामहरु गरेको उनको सचिवालयको दावी छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।