Logo

२०८३, श्रावण २७गते


images
images

निगरानी

देवदह–७, जागृतिटोलमा डुवान : स्थानीय भन्छन्, समस्यावारे स्थानीय सरकारले चासो दिएन

देवदह–७, जागृतिटोलमा डुवान : स्थानीय भन्छन्, समस्यावारे स्थानीय सरकारले चासो दिएन

images
  • देवदह–७, जागृतिटोलमा डुवान : स्थानीय भन्छन्, समस्यावारे स्थानीय सरकारले चासो दिएन
    images
    images

    देवदह । रुपन्देहीको देवदह–७ स्थित जागृति टोलमा डु्बानको समस्या देखिएको छ । बर्षातको समयमा पानी आउना साथ निकास नभएपछि उक्त क्षेत्र डुबानमा पर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।

    images
    images
    images

    विगत ८÷१० बर्षदेखि यो समस्या भइरहेपनि कसैले चासो नदिएको स्थानीय रामप्रसाद पौडेलले गुनासो गरे । ‘पनी परेपछि स्थानीय दुर्गा पञ्चायन मन्दिरदेखि उत्तर तर्फको करिव ४ विगाहा जग्गा जलमग्न हुन्छ । उनले भने, ‘घरबाट बाहिर निस्कने बाटोमा समेत घोँडाघोँडा पानी हुने गर्छ । जसका कारण कतिबेला पानी सुक्ला र बाहिर निस्कन पाइएला भनेर कुरेर बस्नुपर्ने स्थिती छ ।’

    images
    images
    images

    जागृति टोलमा केहि बर्षअघि घरहरुपनि कम थिए । जग्गाहरुपनि खालि थिए । जग्गा प्लटिङ्क गर्ने बेलामा उक्त ठाउँको घोला, कुलो र खोल्साहरु मासेर बाटो तथा अन्य संरचना निर्माण गरेपछि उक्त ठाउँमा बर्षातको समयमा डुबान हुने गरेको हो ।

    images
    images
    images

    कुलानन्द मार्गदेखि पूर्व र पश्चिम तथा उत्तरदेखि आउने सबै पानी उक्त स्थानमा जम्मा हुने भन्दै समस्यापरेपछि नगरप्रमुख र वडा अध्यक्षलाई पटक–पटक गुनासो गरेपनि समस्या समाधान तर्फ चासो नदिएको पौडेलले गुनासो गरे । 

    जागृति टोलमा निर्माण भएका घरमध्ये कतिपयले घर बनाउन्दा नालि समेत निर्मण गरेका छन् । तर पुरानो कुलो भएको भागमा आधाआधि नालि भएपनि केही जग्गाधनीहरुले नालिको निकास नदिएका कारण समस्या भएको स्थानीय प्रेम भण्डारीले बताए । 

    ‘टोलको उत्तर तर्फको जग्गा एलानी भएका कारण पनि स्थानीय सरकारले थोरै समन्वय गरिदिने हो भने समस्या समाधान हुन्थ्यो, तर जुन रुपमा समन्य हुनुपथ्र्यो त्यसो भएको पाइएन ।’ भण्डारीले भने, ‘हामीले टोलवासीको तर्फबाट कैंयो पटक वडा तथा नगरपालीकामा केहि रकम बिनियोजन गरिदिनुहोस् हामी काम गछौं, भनेर पनि भनेका छौं । तर हुन सकेको छैन ।’

    जागृतिटोलमा हाईवेबाट उत्तरतर्फ जाने मुल बाटो रहेको छ । उक्त बाटो भखैर कालोपत्रे समेत भएको छ । नालि सहित निर्माण गरिएको बाटो र नालि अग्लो भएको र त्यसको तुलनामा डुबान हुने क्षेत्र होँचो भएका कारण पानीको निकास बन्द भएको स्थानीय दिवाकर अधिकारीले बताए । शाखा बाटो निर्माण गर्ने क्रममा हुयुम पाईप वा अन्य कुनै बैकल्पिक उपाए अपनाउन सकेको भए पानी जम्ने समस्या कम हुने उनको तर्क छ ।


    वडा अध्यक्ष भन्छन् : समस्या स्थानीयकै कारण भएको हो 

    जागृतिटोलमा रहेको पानी जम्ने समस्याबारे आँफु जानकार रहेको वडा नं ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । ‘वडाका अन्य स्थानमा समेत डुबानको समस्या थियो, हामिले केहि बर्षयता नालि सहितको बाटो निर्माणको अभियानलाई तिव्रता दिएका र्छौ । जागृति टोलसँगै अर्को एक ठाउँमा पनि पानी जम्ने समस्या छ ।’ अध्यक्ष अधिकारीले भने, ‘गतबर्ष कुलानन्द मार्गमा विनियोजित बजेटलाई जागृतिटोलको माथिल्लो बाटो निर्माणका लागि खर्च गरौं भनेर मैले प्रस्ताव गरेकै हो । तर स्थानीयहरु बिच कुरा नमिल्दा उक्त बजेट अर्को बाटोमा खर्च गरिएको हो ।’ 

    jaagriti tol 1.jpg
    देवदह–७ स्थित जागृति टोलको डुबान क्षेत्र, पानी नपरेको बेला यस्तो देखिने यो ठाउँ पानी पर्नासाथ जलमग्न हुनेगर्छ ।
    तस्विर : देवी पौडेल, सेतोमसी

    वडा अध्यक्ष अधिकारीले आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा समेट्न नसकेपनि अर्कोबर्ष त्यहाँको समस्या समाधानको लागि बजेट विनियोजन गर्ने सेतोमसीलाई बताए । उनले  समस्या समाधानका लागि वडाले आवश्यक समन्वय र सहकार्य गर्ने समेत जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जागृतिटोल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।