कृष्ण अन्जान, रुरु । धार्मिक पर्यटन क्षेत्रकाे रुपमा परिचित रुरुधामकाे रिडीमा नेपाली काँग्रेस गुल्मीले मंसिर ६ गते करिब पच्चीस सय नेता कार्यकर्ता उतार्ने तयारी गरेकाे छ । नेपाली काँग्रेसकाे चौधौँ महाधिवेशनका लागि विभिन्न चरणका अधिवेशनहरु जारि रहँदै गर्दा गुल्मी क्षेत्र १ काे रिडीमा नेपाली काँग्रेसले अाफ्नाे क्षेत्रिय अधिवेशन गर्न लागेकाे हाे ।
क्षेत्रिय सभापति तथा पदाधिकारी लगायत महाधिवेशन प्रतिनिधि समेत चुनिने क्षेत्रिय अधिवेशनलाई प्रमुख रुपमा लिईएकाे छ ।
नेपाली काँग्रेसले रिडीमा क्षेत्रिय अधिवेशन गर्ने निर्णय र तयारीकाे रुरुक्षेत्रका हाेटल व्यवसायी हरुले स्वागत गरेका छन ।
रिडीकाे अान्तरिक पर्यटन प्रवर्द्धनका लागि क्षेत्रिय अधिवेशनले विशेष महत्त्व राख्ने हाेटल व्यवसायी सँघ रिडीका अध्यक्ष रन बहादुर रानाले बताए । "रिडीमा नेपाली काँग्रेसले मात्र हाेईन अन्य राजनैतिक दल तथा सँघ सँस्थाका अधिवेशन, सेमिनार र सम्मेलन अायाेजना हुनुपर्छ" अध्यक्ष रानाले भने ।
हाेटल व्यवसायीसँग प्रारम्भिक चरणका कुराकानी भएका छन रिडीका हाेटल व्यवसायीले सक्दाे स्वागत सत्कार गर्नुका साथै ताजा सफा र स्वच्छ खाना नास्ता पस्किने प्रतिवद्दता समेत हाेटल व्यवसायीले व्यक्त गरे ।
कति छाक खाना प्रतिनिधिहरुले रिडीबजारमा खान्छन अझै टुँगाे लागेकाे छैन तर एकै छाक खाएपनि गुणस्तरयुक्त खाना खुवाउने एकखालकाे सहमति रिडी बजारका हाेटल व्यवसायीसँग भएकाे रुरुक्षेत्र गाउँ पालिका वडा न १ का नेपाली काँग्रेस पार्टी सभापति अमूल्य श्रेष्ठले जानकारी दिए ।
रिडी बजारमा साना ठुला गरि करिब तीन दर्जन हाेटल रहेका छन र सबै हाेटलहरुमा समानुपातिक रुपमा अाफ्ना नेता कार्यकर्ता र प्रतिनिधिहरुलाई खाना खुवाउने गरि नेपाली काँग्रेसले खाना व्यवस्थापन गर्ने तयारी गरेकाे छ ।
रिडीलाई अधिवेशन स्थल बनाउनु नेपाली काँग्रेसकाे अाफ्नै अभिष्ट त हाेला तर रिडी वासिले याे अधिवेशनलाई रिडीबजारकाे पर्यटन प्रवर्द्धनका साथै व्यवसाय प्रवर्द्धनका लागि पनि राम्राे शुरुवातकाे रुपमा लिएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology