Logo

२०८३, आश्विन ९गते


images
images

एएफसी महिला एशियन कप

एएफसी महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल र उज्वेकिस्तान भिड्दै

एएफसी महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल र उज्वेकिस्तान भिड्दै

images
  • एएफसी  महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल र उज्वेकिस्तान भिड्दै
    images
    images

    देवदह । एएफसी महिला एशियन कप २०२६ को छनोट अन्तर्गत आज नेपालले उज्वेकिस्तानको सामना गर्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

    images
    images
    images

    समूह ‘एफ’ मा रहेको नेपालले तीन खेलमा जित निकालेपनि ६ अङ्कसहित तालिकाको दोश्रो स्थान र समान खेलमा ६ अङ्कनै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ । आज हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ ।

    images
    images
    images

    पछिल्लो फिफा वरियतामा नेपालतिन डिजिटमा रहँदा उज्वेकिस्तान दुई डिजिटको मध्य भागमा रहेको छ । वरियतामा नेपाल एक सयौं स्थानमा छ भने उज्वेकिस्तानको फिफा वरियता ५१ औं स्थानमा रहेको छ ।

    images
    images
    images

    आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० र दोश्रो खेलमा श्रीलङ्कालाई ८–० गोल अन्तरले ले हराएको थियो । यस्तै उज्वेकिस्तानले पनि पहिलो खेलमा श्रीलङ्कालाई १०–० र लाओसलाई ७–० गोलले हराएको थियो । दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् ।

    यदि आजको खेलमा अङ्क र गोल अन्तर पनि बराबर भएमा एएफसी महिला एशियन कप प्रतियोगिताको नियमावली अनुसार सिधै पेनल््टी सुटआउट हुनेछ । 

    महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

    यसैबिच आज हुने निर्णायक खेलको लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङसहित एन्फा पदाधिकारीले उज्वेकिस्तानमा रहेको महिला राष्ट्रिय फुटबल टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एएफसी महिला एशियन कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।