Logo

२०८३, आश्विन ९गते


images
images

एसइई नतिजा

खड्ग माविमा विद्यार्थी सम्मान, करियर काउन्सेलिङ्ग र कक्षा ११ को भर्ना शुभारम्भ

खड्ग माविमा विद्यार्थी सम्मान, करियर काउन्सेलिङ्ग र कक्षा ११ को भर्ना शुभारम्भ

images
  • खड्ग माविमा विद्यार्थी सम्मान, करियर काउन्सेलिङ्ग र कक्षा ११ को भर्ना शुभारम्भ
    images
    images

    देवदह । देवदह–१ बिर्तास्थित श्री खड्ग माध्यमिक विद्यालयमा एसइई परिक्षामा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै कक्षा ११ भर्ना शुभारम्भ र करियर काउन्सेलिङ्ग कार्यक्रम गरिएको छ।

    images
    images
    images

    कार्यक्रममा उत्कृष्ट जिपिए हासिल गर्न सफल विद्यार्थीहरूलाई उनीहरूका अभिभावकसहित सम्मान गरिएको विद्यालयले जनाएको छ  । 

    images
    images
    images

    त्यसैगरी, परीक्षामा विषयगत रुपमा शतप्रतिशत नतिजा दिन सफल गणित शिक्षक चुडामणि शर्मा, नेपाली शिक्षक मोहन कलवार, अंग्रेजी तथा अर्थशास्त्र शिक्षक बाबुराम बस्नेतलाई विद्यालयले सम्मान गरेको छ । 

    images
    images
    images

    यस्तै शैक्षिक सत्र २०८१ का वर्ष उत्कृष्ट शिक्षकको रूपमा टिकाराम पौडेललाई सम्मान गरिएको  विद्यालयले जनाएको छ ।

    खड्ग माविबाट एसइईमा सहभागी २३ जना विद्यार्थीमध्ये १८ जना उत्तीर्ण भएका छन । जुन समग्र नतिजामा ७८.२६ प्रतिशत हुन आउँछ  ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास अग्रहरीको अध्यक्षता रहेको कार्यक्रममा देवदह नगरपालिका वडा नं. १ का वडाध्यक्ष दीपकप्रसाद नेपाल, विद्यालयका संस्थापक परिवारका प्रतिनिधिहरू, बर्दघाट नगरपालिका वडा नं. ५ की वडाध्यक्ष बिमला गुरुङ, सुरेन्द्र गुरुङ, राजेश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    सोही अवसरमा विद्यालयले कक्षा ११ भर्ना प्रक्रिया औपचारिक रूपमा शुभारम्भ गर्दै प्रारम्भिक चरणमा १३ जना विद्यार्थीको भर्ना गरिसकेको जानकारी दिएको छ । 

    साथै जुनसुकै विद्यालयबाट ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूका लागि निशुल्क तयारी कक्षा पनि विद्यालयले सुरु गरेको जनाइएको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।