Logo

२०८३, आश्विन ९गते


images
images

सूचना/प्रविधि

गायिका एलीना अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा

गायिका एलीना अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा

images
  • गायिका एलीना अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा
    images
    images

    काठमाडौँ । गायिका एलिना चौहानले आफुविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज र अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी गरेकी छन् । 

    images
    images
    images

    गायिका चौहानले यस अघि सामाजिक सञ्जालमै गालि गलौज र अभद्र टिप्पणी गर्नेहौर्को नाम आफ्नो सामाजिक सञ्जालमै सार्बजनिक गर्ने गरेकी भएपनि अब साइबर ब्यूरोमा मुद्धा दायर गरेर कानुनी कारवाही अगाडी बढाएकी छन् ।

    images
    images
    images

    उनले यो लडाई आफ्नो मात्र नभएको बताउदै चरित्र हत्या गर्ने अधिकार कसैलाई नभएको बताएकी छन् । साथै एलीनाले गालि गलौज र अभद्र टिप्पणीका कमेन्ट नरोकिएसम्म आफ्नो पोस्ट नरोकिने समेत बताएकी छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेविरुद्ध नाम सार्बजनिक गर्ने अभियान अहिले दुई गायिका समिक्षा अधिकारी र एलीना चौहानले जारी राखेका छन् । यो अभियान चलाइरहेका दुवै गायिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गर्दै 'साहसी छोरी' को संज्ञा दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।