Logo

२०८३, आश्विन ९गते


images
images

हेरा फेरी- ३ मा फर्किए परेश रावल

हेरा फेरी- ३ मा फर्किए परेश रावल

images
  • हेरा फेरी- ३ मा फर्किए परेश रावल
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता परेश रावलले हेरा फेरी ३ को विवाद समाप्त गर्दै फिल्ममा फर्किएको पुष्टि गरेका छन् ।

    images
    images
    images

    केही समयअघि मतभेदका कारण परेश रावलले फिल्म हेरा फेरी ३ छोडेका थिए । जसले फ्यानहरूलाई निराश बनाएको थियो । तर, अब अभिनेताले फिल्ममा फर्किएको पुष्टि गरेका छन् र सबैजना एकसाथ आउन र कडा परिश्रम गर्न चाहेको बताएका छन् ।

    images
    images
    images

    हिमांशु मेहताको पोडकास्टमा परेश रावललाई हेरा फेरी ३ सँग सम्बन्धित विवादको बारेमा गरिएको प्रश्नको जवाफ दिदै उनले फिल्ममा फर्किएको बताएका हुन् । 

    images
    images
    images

    फिल्म हेरा फेरी ३ को टिजर विवाद हुनुभन्दा पहिले नै छायांकन भइसकेको थियो । फिल्म हेरा फेरी ३ को टिजर विवाद हुनुभन्दा पहिले नै छायांकन भइसकेको थियो ।

    परेश रावल हेरा फेरी ३ छोडेको घोषणा गरेपछि फिल्मको निर्माता समेत रहेका अक्षय कुमारले कानुनी सूचना पठाएका थिए । विवाद बढ्दै जाँदा, परेश रावलले फिल्मको साइनिङ रकम ५ प्रतिशत ब्याजसहित ११ लाख रुपैयाँ फिर्ता गरेका थिए । निर्माताहरूसँग कुरा गर्नुअघि परेश रावलले मिडियामा फिल्म छोड्ने निर्णयको घोषणा गरेका कारण पनि विवाद उत्पन्न भएको थियो 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।