Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

सगरमाथामा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

images
  • सगरमाथामा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले कक्षा १० को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गरेको छ । २०८१ सालको एसइई परीक्षामा सहभागी विद्यार्थीले शतप्रतिशत सफलता प्राप्त गरेपछि विद्यालयले शनिबार एक कार्यक्रम गरेर उनीहरूलाई बधाई तथा शुभकामना दिएको हो ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीको सफलता आगामी दिनमा अझ सशक्त र जिम्मेवार नागरिक बन्ने दिशातर्फको आधार बन्नुपर्ने बताए । उनले यस प्रकारको उपलब्धि समाज र राष्ट्रका लागि प्रेरणाको विषय भएको उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रम देवदह–७ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले विद्यालयले वडाकै शैक्षिक पहिचान उजागर गर्ने गरी उत्कृष्ट नतिजा दिएको बताए । उनले सगरमाथा मा.वि. यस क्षेत्रकै शैक्षिक उदाहरण बनेको धारणा राखे ।

    images
    images
    images

    विद्यालयका अभिभावक रामबहादुर थापा, करुणाकर अर्याल, सह–प्राचार्य लेखनाथ काफ्ले र व्यवस्थापन समिति सदस्य हरि भण्डारीले मन्तव्य राख्दै विद्यालयको गुणस्तरीय शिक्षाको प्रशंसा गरे ।

    शतप्रतिशत नतिजामा योगदान दिने शिक्षक प्रदीप अधिकारी, लेखनाथ काफ्ले, सुमन पाण्डे, खेमबहादुर आले, नारायणप्रसाद भुषाल, दधिराम ज्ञवाली र विश्व पौडेललाई विद्यालयले सम्मान गरेको छ ।

    सह–प्राचार्य प्रदीप अधिकारीको सञ्चालन र व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी र अभिभावक सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।