काठमाडौँ । बलिउड फिल्म 'सितारे जमीन पर' ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । शनिबारको बक्स अफिस कलेक्सनपछि फिल्म 'सितारे जमीन पर' सय करोड क्लबमा प्रवेश गरेको छ ।
फिल्मले रिलिजको ९ दिनमा भारतीय बक्स अफिसमा १०७.६८ करोड कमाई गरेको छ ।
बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो दिन शुक्रबार १०.७० करोड, दोस्रो दिन शनिबार १९.९० करोड, तेस्रो दिन आइतबार २६.७० करोड, चौथो दिन सोमबार ८.५० करोड, पाँचौं दिन मंगलबार ८.६ करोड, छैटौं दिन बुधबार ७.५१ करोड र सातौं दिन विहिबार ६.५५ करोड, आठौ दिन शुक्रबार ६.६७ करोड र नवौं दिन शनिबार १२.५५ करोड कमाई गरेको छ ।
'सीतारे जमीन पर' फिल्ममा आमिर खान एक प्रशिक्षकको भूमिकामा देखिएका छन्, जसले विशेष बालबालिकाहरूको बास्केटबल टोलीलाई तालिम दिन्छन् । यो फिल्मलाई आरएस प्रसन्नाले निर्देशन गरेका छन् । आमिरको यो फिल्म स्पेनी फिल्म 'च्याम्पियन (२०१८)' को रिमेक हो ।
फिल्ममा आमिर खान, जेनेलिया देशमुख, डली अहलुवालिया, सिमरन मंगेशकर, आयुष भन्साली, आशिष पेन्डसे, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा, ऋषभ जैन, आरुष दत्त, ऋषि साहनी, नमन मिश्रा, बृजेन्द्र काला र निखत खानलगायतका कलाकारको अभिनय रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology