सुनवल । नवलपरासीको सुनवल नगरपालिका–८, मिलनचोकमा अवस्थित मिलन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शतप्रतिशत सफलता हासिल गरेको छ।
विद्यालयबाट परीक्षा दिएका १६ जना सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये ६ जनाले ३.६१ जिपिएभन्दा माथिको ग्रेड प्राप्त गरेका छन् भने ५ जनाले ३.२ जिपिएभन्दा माथिको ग्रेड ल्याएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापनले नियमित अध्ययन, परीक्षामुखी तयारी कक्षा, शिक्षक–शिक्षिकाको निरन्तर परिश्रम र अभिभावकहरूको साथले यो सफलता सम्भव भएको जनाएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology