देवदह । नेपाल सरकारका गृहमन्त्री वालकृष्ण खाँणले देवदह क्षेत्रको शान्ति सुरक्षाको लागि योजना बनाउँन प्रहरी नेतृत्व र जिल्ला प्रशासन अधिकारीलाई निर्देशन दिएका छन् । शुक्रवार देवदहको भलुहिमा रहेको गौशालाको अवलोकन गर्दै गृहमन्त्री खाँणले देवदहमा इलाका प्रहरी कार्यालय राख्ने विषयमा योजना बनाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन् ।
देवदहमा इलाका प्रहरी कार्यालय राख्ने लगायतका विषयमा देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर केसीले उठाएका विषयको प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले आफुसंगै रहेका रुपन्देहीका जिल्ला प्रशासन अधिकारी र लुम्बिनी प्रदेश प्रहरीलाई योजना बनाएर गृहमन्त्रालयमा पठाउन निर्देशन दिए । "म आवश्यक सहयोग गर्नेछु, विभागीय मन्त्रीको हैसियतले यसको योजना बनाएर पठाउन गृहप्रशासनलाई निर्देशन दिन्छु" उनले भने ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मन्त्री, नेपाली कांग्रेसका जिल्ला नेता तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्तिथि रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology