काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।
चालु वर्षको एसइई परीक्षा २०८१ चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो । नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षा सहभागी भएका थिए ।
बोर्डका अनुसार परीक्षाफल एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत एसएमएस र आईभीआर सेवाबाट नतिजा थाहा पाउन सकिनेछ ।
त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology