कृष्ण अन्जान, रुरु । कालिगण्डकी करिडोरकाे रिडी रुद्रवेणी सडकखण्ड आईतबार देखि सुचारु भएकाे छ ।
नेपाली सेनाकाे सँग्राम सार्दुल गुल्म धागिथुम तम्घास र कालिगण्डकी कारिडाेर निर्माण कार्यदल हर्मिचौरकाे तर्फबाट सडकमा ब्लास्टिँग गरि ढुँगा फुटाल्ने काम भएपछि सगुन कन्ट्रक्सनका जेसिभिकाे सहयाेगमा ढुँगा र पहिराे पन्छाउने कार्य भए सँगै अाईतवार देखि नै दुबै तर्फबाट यातायात चलेका छन ।
दशैँ पछिकाे भिषण वर्षाले करिडोरकाे रिडी रुद्र वेणि सडक खण्डकाे साँगुरेमा याढुँग देखि तलकाे भैलि खाने डाँडाे सडकमा झरेपछि सडक खाेलाउन प्रयास गरिएपनि ठुला ढुँगा र पहिराे झरि रहेका कारण सडक खुल्न सकेकाे थिएन ।
सडक सुचारू नभए्छि प्रहरी प्रशासन जनप्रतिनिधि हरुकाे अाग्रहमा शुक्रवार देखि पहिराे ग्रस्त क्षेत्रमा नेपाली सेना परिचालन भएकाे थियाे ।
ठुला ढुँगाहरुमा जिलेटिन लाेड गरि पटकपटक विष्फोटन गराए पछि मात्रै सडक सुचारू गर्न सम्भव भएकाे इलाका प्रहरी कार्यालय रिडीका इन्चार्ज समेत रहेका प्रहरी निरिक्षक शुभराज बमले बताए ।
सडक बन्द हुँदा बुर्तिबाँग ढाेपाटन शान्तिपुर चाेरकाटे तर्फका यातायातका साधनले मिर्मिकाे बैकल्पिक सडक प्रयाेग गरि गन्तव्यमा पुगेका थिए भने गुल्मी भित्रिने यातायातका सवारी साधन हरु तम्घास हुँदै वामिटक्सारकाे बाटाे प्रयाेग गरि सन्चालनमा थिए ।
सडक नखुल्दा सत्यवति क्षेत्रबाट रिडीबजारमा आउने दूध आउँदा दुधकाे आपुर्ति हुन सकेकाे थिएन ।
यसै गरि तिहारमा घर फर्कने हरुका लागि पनि सडक सुचारु भएपछि सजिलाे भएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology