Logo

२०८३, आश्विन ९गते


images
images

शारीरिक अपांगता भएका विपन्न परिवारलाई सक्षम परियोजनाको राहत 

शारीरिक अपांगता भएका विपन्न परिवारलाई सक्षम परियोजनाको राहत 

images
  • शारीरिक अपांगता भएका विपन्न परिवारलाई सक्षम परियोजनाको राहत 
    images
    images

    देवदह । विक्लाङ्ग मित्र समूह अपांग बालअस्पताल तथा पुर्नस्थापना केन्द्रले देवदहमा राहत वितरण गरेको छ । अस्पतालद्वारा  संचालित सक्षम परियाेजना बुटवलकाे आयाेजना र सि बि एमको आर्थिक सहयाेगमा काेभिड १९ काे कारण समस्या रहेका अति बिपन्न परिवारलाई खाध्यान्न सामाग्री वितरण गरिएको हो ।

    images
    images
    images


    अपांग समाज सेवा केन्द्र देवदहकाे सहकार्य र देवदह नगरपालिकाको समन्वयमा राहत वितरण गरिएको संस्थाको कार्यक्रम सहायक रुविना विकले बताईन् ।

    images
    images
    images


    विक्लाङ्ग मित्र समूह अपांग बालअस्पतालबाट सेवा लिएका शारीरिक अपांगता भएका ७ जना बालबालिका साथै अन्य  अपांगता भएका ५ व्यक्ति र काेभिड लागेर निकाे हुनु भएकाे अपांगता भएका व्यक्ति १ जना  गरी जम्मा १३ जना राहत दिएको आयोजकले जनाएको छ ।

    images
    images
    images


    राहत प्याकेजमा २५ केजी चामल, १ केजी चिनी, ३ केजी  दाल, २ केजी नुन, साबुन ४ वटा, तेल २ लिटर, मास्क १ बक्स , सेनिटाईजर १ वटा र टावेल १ थान रहेको जनाईएको छ ।


    उक्त परियोजनाले विगत ५ वर्ष देखि रुपन्देही जिल्लामा १८ वर्ष सम्मका शारीरिक रुपमा अपांगता भएका बालबािलकालाई उपचार तथा पुनःस्थापना सेवा दिदै आईरहेकाे छ ।


    अपांग समाज सेवा केन्द्रकाे अध्यक्ष राधिका भण्डारीको अध्यक्षता रहेको उक्त राहत वितरण कार्यक्रम देवदह नगरपालिका कार्यपालिका सदस्य बन्धु कुमालकाे प्रमुख आतिथ्यता, अपांग समाज सेवा केन्द्रकाे सल्लाहकार बाल कुमार श्रेष्ठको विशिष्ट अतिथ्यता र कार्यक्रम सहायक रुविना विकको संचालनमा सम्पन्न भएको थियो ।


    कार्यक्रममा सक्षम परियाेजनाका सुपर भाईजर लेखनाथ आचार्य,  आकाश  मल्ल लगायत अपांगता भएका बालबालिका, अभिभावक, अपांगता भएका व्यक्तिहरुकाे  उपस्थिती रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।