Logo

२०८३, आश्विन ९गते


images
images

कविता

तारा बनी बस्नु है आमा

तारा बनी बस्नु है आमा

images
  • तारा बनी बस्नु है आमा
    images
    images

    तारा बनी बस्नु है आमा

    images
    images
    images


    हे मेरी आमा गयौ नि काँहा
    छोडेर मलाई बिचबाटोमा ।
    तिम्रै आदेश बोकेर म 
    हिड्दै थिए जीवनको यात्रामा।।

    images
    images
    images

    कैयौं योजना बुनेर मनमा
    तिम्रै आशा बोकेर तनमा ।
    ज्ञान र उपदेश कैयौं मर्म
    आशाका पोकाहरु बाधेर कम्मरमा ।।

    images
    images
    images

    त्यो कालो रातमा आई पर्यो 
    जीवनकै ठूलो वज्रपात ।
    निष्ठुरी रै छ ६ दिनको भावी
    चुडेर लग्यौ म बाट तिम्रो हात ।।

    भौतिक शरीर नभए पनि
    आउनु है आमा सपनीमा ।
    केही गल्ती हुदा दिनु है अर्ती 
    जसरी दिन्थ्यौ विपनीमा ।।

    तिम्रै रगत छ शरिरमा
    तिम्रै आदर्श जिवनमा ।
    दैवले चुडी लग्यौ नि आमा
    म परें आज विपतमा ।।

    तारा बनी आकाशमा बस्नु
    म हेर्छु सधै रातिमा ।
    त्यो सुन्दर मुहार कुदेर मनमा
    साचेर राख्छु छातीमा ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।