Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

अजय देवगनको बहुप्रतिक्षित फिल्म 'सन अफ सरदार २' जुलाई २५ मा रिलिज हुने

अजय देवगनको बहुप्रतिक्षित फिल्म 'सन अफ सरदार २' जुलाई २५ मा रिलिज हुने

images
  • अजय देवगनको बहुप्रतिक्षित फिल्म 'सन अफ सरदार २' जुलाई २५ मा रिलिज हुने
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म 'सन अफ सरदार २' को पोस्टर रिलिज भएको छ । पोस्टरमा अजय देवगन पगडी लगाएको सरदारको लुकमा देखिएका छन् । उनी दुई ट्याङ्करमा उभिएका छन् । पोष्टर सार्बजनिकसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म २०१२ मा रिलिज भएको फिल्म 'सन अफ सरदार' को सिक्वेल हो ।

    images
    images
    images

    'सन अफ सरदार २' को नयाँ पोस्टरमा अजय देवगन पहेँलो पगडी लगाएर एक्सनमा उभिएको देख्न सकिन्छ । उनले पाइन्ट, टी-शर्ट, सदरी लगाएका छन्। उनले माथि कालो ज्याकेट लगाएका छन्। अजय देवगन दुई ट्याङ्करमा उभिएका छन् । पोस्टरमा 'सन अफ सरदार २' लेखिएको छ। यसको ट्याग लाइन 'द रिटर्न अफ सरदार' हो ।

    images
    images
    images

    'सन अफ सरदार २' मा अजय देवगन बाहेक मृणाल ठाकुर र संजय दत्त महत्वपूर्ण भूमिकामा हुनेछन् । फिल्ममा अजय देवगन फेरि एक पटक जस्सीको भूमिकामा देखिनेछन् । फिल्मलाई विजय कुमार अरोराले निर्देशन गरेका छन् । फिल्मलाई अजय देवगनले निर्माण गर्दैछन् । नयाँ पोस्टर अनुसार 'सन अफ सरदार २' जुलाई २५ मा रिलिज हुनेछ ।

    images
    images
    images

    'सन अफ सरदार' फिल्म २०१२ मा रिलिज भएको थियो । अजय देवगन बाहेक यस फिल्ममा सोनाक्षी सिन्हा र संजय दत्त पनि थिए । फिल्ममा अजय देवगन सोनाक्षीसँग प्रेममा परेको देखाइएको थियो तर सोनाक्षीका भाइ संजय दत्त यो सम्बन्धको विरुद्धमा थिए । फिल्म यसैको वरिपरि घुम्छ । फिल्मको बजेट ३० करोड रुपैयाँ थियो। फिल्मले बक्स अफिसमा १६१.४८ करोड कमाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।