Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

फिल्म 'सिटामोल' को ‘झुम्का कानैमा' गीत सार्बजनिक (भिडियो)

फिल्म 'सिटामोल' को ‘झुम्का कानैमा' गीत सार्बजनिक (भिडियो)

images
  • फिल्म 'सिटामोल' को ‘झुम्का कानैमा' गीत सार्बजनिक  (भिडियो)
    images
    images

    काठमाडौँ । फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ ।  सार्वजनिक गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर, बाबुल स्वयंको संगीत तथा गोविन्द भट्टको शब्द रचना रहेको छ । 

    images
    images
    images

    कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमाल फिचर्ड रहेका छन् । 

    images
    images
    images

    निर्देशक राजबहादुर साने र प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकारहरु करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय रहेको छ ।

    images
    images
    images

    सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । यसमा दिव्यराज सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

    फिल्म आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।

    गीतको लिंक :

      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।