Logo

२०८३, आश्विन ९गते


images
images

एमाले देवदहको अध्यक्षमा चापागाईं निर्वाचित, नगर पदाधिकारीमा आए नयाँ अनुहार 

एमाले देवदहको अध्यक्षमा चापागाईं निर्वाचित, नगर पदाधिकारीमा आए नयाँ अनुहार 

images
  • एमाले देवदहको अध्यक्षमा चापागाईं निर्वाचित, नगर पदाधिकारीमा आए नयाँ अनुहार 
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी एमालेको देवदह नगर अध्यक्षमा टिकाराम चापागाईं सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा ६ जनाको दावी रहेको भएपनि अन्त्यमा चापागाईंलाई सबैले समर्थन गरेको एमाले स्रोतले जनाएको छ । 

    images
    images
    images


    नगर अध्यक्ष पदका लागि टिकाराम चापागाईं, गुमान सिंह कुवंर, दिवकर अधिकारी, बोधराज गौडेल, केशव प्रसाद भट्टराई लगायतले दावी पेश गरेका थिए। मंगलबारनै सहमतिको प्रयास गरिए पनि सहमति हुन नसके पछि बुधबार २ बजे सम्मका लागि मनोनयन फिर्ता लिने समय तोकि अधिबेशन स्थगित गरिएको थियो। अन्त्यमा अन्य उम्मेदवारले चापागाईंलाई नै समर्थन गरे पछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    images
    images
    images


    त्यस्तै उपाध्यक्षमा हिरा बहादुर थापा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि ७ जनाले दावी पेश गरे पनि अन्तिममा अन्य सबैले थापालाई समर्थन गरेका थिए । 

    images
    images
    images


    सचिव र उपसचिव पदमा भने अझै सहमति जुट्न सकेको छैन । निर्वाचन कमिटीले बिहिवार दिनभरीमा सबै पदमा सहमति जुट्ने र त्यसो हुन नसके अन्तिम विकल्पको रुपमा मतदानमा जाने जनाएको छ ।


    एमाले नगर अधिबेशन बाट ७५ सदस्यीय नगर कार्य समिती चयन हुनेछन् । 

    यसअघिको नगरको नेतृत्व गरेका अध्यक्ष तथा सचिव जिल्ला समितिमा पनि रहेकोले उनीहरूलाई विदाई गरिएको र नयाँ अनुहार ल्याईएको एमाले देवदहले जनाएको छ ।  


    सेतोमसीसंगको कुराकानीमा एमाले देवदहमा सचिव र उपसचिव पदमा सहमति नभइ सकेको जानकारी निर्वाचन कमिटी संयोजक ॠषिराम सापकोटाले उपलब्ध गराएको हुनाले यस अघिको समाचार सच्याईएको छ । - सम्पादक

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।