Logo

२०८३, श्रावण २७गते


images
images

हेलिकप्टर दुर्घटना

भारतमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

भारतमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

images
  • भारतमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
    images
    images

    काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

    images
    images
    images

    केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।

    images
    images
    images

    मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।
    भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गरेको हेलिकप्टरमा ७ जना सवार रहेको भनियपनि अन्यको अवस्थाबारे बताईएको छैन । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।

    images
    images
    images

    दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु सवार थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेलिकप्टर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।