भेट्दा मुस्कान छर्ने, शब्दमा मिठास पोख्ने ।
समस्या परे भन है भन्ने आँखा झिम्क्याएर सोध्ने ।।
तर बिरामी हुँदा, एक शब्द पनि नआउने ।
कस्तो छस्? भनेर सोध्ने आँट समेत हराउने ।।
दु:खका फोनका घन्टी बारम्बार बज्दापनि ।
तर खुल्दैन मनको ढोका सहयोग गर्नुपर्छ भनी ।।
थाहा पाएर पनि अहो, उसलाई दु: ख छ भनि ।
तर बाटो काटेर हिँड्छ, नबोल्ने बहाना बुनी ।।
समय बित्छ, घाउ पुरिन्छ, आँखा फेरि चम्कन्छ ।
सब ठिक भएपछि भन्नू पर्थ्यो नि भन्दै ऊ फर्कन्छ ।।
म मुस्काउँछु केही नबोली, न कुनै गुनासो गर्छु ।
किनभने
अब थाहा पाइसकेको छु
कसले साथ दिन्छ, र
कसले साथ दिएको अभिनय गर्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology