Logo

२०८३, आश्विन १०गते


images
images

इज़रायल - इरान युद्ध

इरान सहमतिमा नआए थप क्षति हुने ट्रम्पको चेतावनी

इरान सहमतिमा नआए थप क्षति हुने ट्रम्पको चेतावनी

images
  • इरान सहमतिमा नआए थप क्षति हुने ट्रम्पको चेतावनी
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकाको प्रस्ताव मानेर तत्काल सहमति गर्न चेतावनी दिएका छन् ।

    images
    images
    images

    सामाजिक संजाल ट्रुथ सोसियलमा एक पोष्ट लेख्दै ट्रम्पले यस अघि आफुले गरेको आग्रह नमान्दा इरानले सेनाका प्रमुख नेतृत्व गुमाउनु परेको उल्लेख गर्दै अहिले पनि इरानलाई दिएको अमेरिकाको अफर खुला रहेको बताएका हुन् ।

    images
    images
    images

    ट्रम्पले इरानको अवस्था अझै खराब हुने भन्दै सबै कुरा गुमाउनु अघि सहमतिमा आउन आग्रह गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले भनेका छन्- 'मैले इरानलाई सम्झौता गर्ने एकपछि अर्को मौका दिए । मैले उनीहरूलाई उनीहरूले जानेको, अनुमान गरेको वा भनिएको भन्दा धेरै खराब अवस्था हुन्छ भने तर केही इरानी कट्टरपन्थीहरूले साहसपूर्वक बोले, उनीहरूलाई थाहा थिएन, के हुदैछ भनेर । तिनीहरू सबै अब मरेका छन् र यो अझ खराब हुनेछ !'

    ट्रम्पले अझै समय रहेको र सहमतिमा आएर थप नोक्सानी हुनबाट बचाउन समेत आग्रह गरेका छन् ।

    इजरायलले शुक्रबार बिहानदेखि गरेको आक्रमणमा इरानका कैयौं परमाणु केन्द्रहरुलाई ध्वस्त बनाएको र उच्च सैनिक अधिकारीहरु गुमाएको छ । यस आक्रमणमा अमेरिका प्रत्यक्ष इजरायलसँग नजोडीए पनि अमेरिकाको साथ बिना इजरायलले यस्तो आक्रमण गर्न नसक्ने इरानको दाबि छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।