Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

वेभ सिरिज 'पञ्चायत' को चौथो सिजनको ट्रेलर रिलिज

वेभ सिरिज 'पञ्चायत' को चौथो सिजनको ट्रेलर रिलिज

images
  • वेभ सिरिज 'पञ्चायत' को चौथो सिजनको ट्रेलर रिलिज
    images
    images

    काठमाडौँ । बलिवुडमा कोरोनापछि बढेको वेभ सिरिजको ट्रेन्डमा आफुलाई फरक राख्दै चर्चाको शिखरमा पुगेको पञ्चायतको चौथो सिजनको ट्रेलर रिलिज भएको छ ।

    images
    images
    images

    ट्रेलरले ग्रामिण परिवेशको फुलेरा पञ्चायतमा चुनावी माहोल देखाएको छ । यसका साथै रिंकी र सचिव जी (अभिषेक त्रिपाठी) को प्रेमकथा पनि अगाडि बढिरहेको देखिन्छ । ट्रेलर हेर्दा निर्माताले सायद फ्यानहरूको माग पूरा गरेको अनुमान गर्न सकिन्छ । चौथो सिजनमा रिंकी र सचिव जीको प्रेमकथालाई धेरै नै स्थान दिइएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

    images
    images
    images

    यस अघि जुलाईमा रिलिज गरिने भनिएको यो सिरिज जुन २४ मा रिलिज हुने भएको छ । 'पञ्चायत' लाई भारतको अहिलेसम्मकै उत्कृष्ट वेभ सिरिज मानिन्छ ।

    images
    images
    images

    यस सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय, सान्विका लगायतका कलाकारको अभिनय रहेको छ । यो सिरिज दीपक कुमार मिश्राले निर्देशन गरेका हुन् । यो सिरिज प्राइम भिडियो ओटीटी प्लेटफर्ममा रिलिज हुदैछ ।

    भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।