Logo

२०८३, आश्विन १०गते


images
images

दुई इजरायली मन्त्रीमाथि बेलायतको प्रतिबन्ध

दुई इजरायली मन्त्रीमाथि बेलायतको प्रतिबन्ध

images
  • दुई इजरायली मन्त्रीमाथि बेलायतको प्रतिबन्ध
    images
    images

    काठमाडौँ । बेलायतले दुई अति दक्षिणपन्थी इजरायली मन्त्रीहरूमाथि प्रतिबन्ध लगाएको छ । प्यालेस्टिनी समुदायविरुद्ध बारम्बार हिंसा भड्काएको आरोप लगाउदै दुई इजरायली मन्त्रीलाई प्रतिबन्ध लगाएको हो । 

    images
    images
    images

    बेलायती विदेशमन्त्री डेभिड लामीले इटामार बेन-ग्भिर र बेजालेल स्मोट्रिच दुवैलाई बेलायत प्रवेश गर्न प्रतिबन्ध लगाएको र बेलायतमा उनीहरूको सबै सम्पत्ति जफत गरिने जानकारी दिएका छन् । लामीले इजरायलका अर्थमन्त्री स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री बेन-ग्भिरले चरमपन्थी हिंसा र प्यालेस्टिनी मानव अधिकारको गम्भीर उल्लङ्घनलाई उक्साएको बताएका छन् ।

    images
    images
    images

    बेलायतले आफ्ना दुई मन्त्रीमाथि प्रतिबन्ध लगाएपछि  इजरायलले निर्वाचित प्रतिनिधिहरू र सरकारका सदस्यहरूमाथि यस्ता प्रतिबन्धहरू लागू गरिनु अपमानजनक भएको प्रतिक्रिया दिएको छ ।

    images
    images
    images

    बेलायत बाहेक नर्वे, अष्ट्रेलिया, क्यानडा र न्यूजील्याण्डले पनि यी दुई मन्त्रीमाथि प्रतिबन्ध लगाएका छन् ।

    गाजामा युद्धमा उनीहरूको अडानका लागि स्मोट्रिच र बेन-ग्भिर दुवैको पनि आलोचना गरिएको छ । दुवै मन्त्रीहरूले गाजामा सहायता अनुमति दिन विरोध गरेका छन् र क्षेत्र बाहिर प्यालेस्टिनीहरूको पुनर्वासको लागि आह्वान गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।