Logo

२०८३, आश्विन ९गते


images
images

चार बर्षपछी भएको पुन : मतगणनामा हारेका व्यक्तिले जीते, जितेकाले धाँधली गरेको पुष्टि

चार बर्षपछी भएको पुन : मतगणनामा हारेका व्यक्तिले जीते, जितेकाले धाँधली गरेको पुष्टि

images
  • चार बर्षपछी भएको पुन : मतगणनामा हारेका व्यक्तिले जीते, जितेकाले धाँधली गरेको पुष्टि
    images
    images

    जनकपुर । महोत्तरीको एक स्थानीय तहको वडामा पुनःमतगणना हुँदा पराजित व्यक्ति विजयी भएका छन्। उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज भएको मतगणनामा स्वतन्त्रबाट उम्मेद्वारी दिएका रमेशकुमार रायको पक्षमा २६८ मत आएर विजयी भएको हो।

    images
    images
    images

    उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुणकुमार चौधरीको पक्षमा २६६ मत आएको छ। जिल्लाको मनरा शिस्वा नगरपालिका १० मा वडाध्यक्ष पदका लागि पुनःमतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपछि गरेपछि मतगणना भएको छ।

    images
    images
    images

    अदालतल ०७५ आषाढ २१ गते विवादित मतगणनाको विषयमा दोहोर्याएर मतगणना गर्न आजको समय निर्धारण गरेको थियो। ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरियो। राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेद्वारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए। दुवैको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरीलाई निर्वाचित गरिएको थियो।

    images
    images
    images

    निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिए। सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनःमतगणना गर्न आदेश दिएको थियो। उच्च अदालतको आदेशपछि चौधरी सर्वोच्चसम्म पुगेका थिए। सर्वोच्चले मुद्दाको सुनुवाई गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गर्यो।

    त्यसपछि पुनःमतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन। अन्ततः दोहोर्याएर मतगणना गर्न आजको समय निर्धारण गरिएको थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुन : मतगणना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।