Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

आप्रवासन कानुनविरुद्ध लस एन्जलसमा प्रदर्शन, राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको आदेश

आप्रवासन कानुनविरुद्ध लस एन्जलसमा प्रदर्शन, राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको आदेश

images
  • आप्रवासन कानुनविरुद्ध लस एन्जलसमा प्रदर्शन, राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको आदेश
    images
    images

    काठमाडौँ । अमेरिकाको लस एन्जलसमा भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हजारभन्दा बढी राष्ट्रिय गार्ड तैनाथ गर्ने आदेश दिएका छन् । 

    images
    images
    images

    यी विरोध प्रदर्शनहरू अवैध आप्रवासीहरू विरुद्ध गरिएको छापा मार्नेविरुद्ध भइरहेका हुन् । क्यालिफोर्नियाको लस एन्जलस शहरको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका मानिसहरू र अमेरिकी आप्रवासन एजेन्सीका अधिकारीहरू बीच झडप भएको थियो ।

    images
    images
    images

    त्यसपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो र लाठी प्रहार गरेको थियो । यस हप्ता हालसम्म, अमेरिकी आप्रवासन एजेन्सीको कारबाहीको क्रममा ११८ जनालाई पक्राउ गरिएको छ, जसमध्ये ४४ जना शुक्रबार मात्र पक्राउ परेका थिए ।

    images
    images
    images

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले यो कार्यलाई 'क्रूर' भनेर वर्णन गरेका छन् । न्यूसमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग लगभग ४० मिनेट फोनमा कुरा गरेका थिए, तर यस कुराकानीको कुनै विवरण सार्वजनिक गरिएको छैन ।

    यद्यपि, यसपछि ट्रम्पले आफ्नो ट्रुथसोसियलमा लेख्दै क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरले आफ्नो काम गर्न नसक्ने हुन् भने संघीय सरकारले हस्तक्षेप गर्ने उल्लेख गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।