Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पको नयाँ यात्रा नीति : १२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध

ट्रम्पको नयाँ यात्रा नीति : १२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध

images
  • ट्रम्पको नयाँ यात्रा नीति : १२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध
    फाइल फोटो : डोनाल्ड ट्रम्प
    images
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा कारण देखाउँदै १२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाएका छन । अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा ट्रम्पले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    ट्रम्प प्रशासनको यो कदम आप्रवासी नीति कडा पार्ने उद्देश्यसँग जोडिएको छ । सुरक्षा जोखिमका नाममा ल्याइएको यो प्रतिबन्धले प्रभावित देशका नागरिकहरूलाई अबको केही महिनासम्म अमेरिका छिर्ने अधिकार गुम्नेछ ।

    images
    images
    images

    यात्रा प्रतिबन्धले पूर्ण रूपमा निषेध मात्र होइन, आंशिक प्रतिबन्धसमेत समेटेको छ । ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रूपमा प्रतिबन्धित गर्ने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    फक्स न्युजले जनाएअनुसार नयाँ नीति आगामी जुन ९ देखि कार्यान्वयनमा आउनेछ। यद्यपि, अमेरिकी स्थायी आवास अनुमति (ग्रीनकार्ड) प्राप्त गरेका व्यक्ति, सो मितिभन्दा पहिले नै भिसा प्राप्त गरिसकेकाहरू, केही निश्चित भिसा श्रेणीमा पर्नेहरू तथा अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने उक्त निर्णयको दायराबाट बाहिर राखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।