Logo

२०८३, आश्विन ९गते


images
images

क्षतिको विवरण अध्ययन गरि राहत प्याकेजको तयारी गर्न मन्त्रीलाई मुख्यमन्त्री केसीको निर्देशन

क्षतिको विवरण अध्ययन गरि राहत प्याकेजको तयारी गर्न मन्त्रीलाई मुख्यमन्त्री केसीको निर्देशन

images
  • क्षतिको विवरण अध्ययन गरि राहत प्याकेजको तयारी गर्न मन्त्रीलाई मुख्यमन्त्री केसीको निर्देशन
    फाइल फोटो
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तीन दिनदेखि परेको भारी वर्षाका कारण  लुम्बिनी प्रदेशमा भएको क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् । मुख्यमन्त्री केसीले बर्षातका कारण भएका मानविय एवं धनजन क्षतिको लागत संकलन गरी राहत उपलब्ध गराउनको लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयय र प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । 

    images
    images
    images

        
    बुधबार वर्दियाको राजापुर र गेरुवा गाउँपालिका लगायत प्रदेशभरीमा बाढि, पहिरो, लगायतबाट भएको जनधनको क्षतिको अध्ययन एवं अवलोकन गरे । बर्षातले नागरिकहरुलाई निकै संकटमा पारेको भन्दै उनले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई राहतको प्याकेज बनाउन निर्देशन जारी गरे ।

    images
    images
    images


    मुख्यमन्त्री केसीले बर्दिया, बाके लगायत प्रदेशभरिका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्षातले पुर्याएको क्षतिको नियमित रिपोर्टिङ गर्नका लागि समेत निर्देशन दिएका छन् । 

    images
    images
    images

        
    उहाँले आन्तरिक मामिला तथा गृहमन्त्री तिलकराम शर्मालाई निर्देशन दिंदै नागरिकको जनधनको रक्षालाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । 

        
    मुख्यमन्त्री केसीले राहत तथा उद्धारको लागि संघीय सरकारकासँग पनि कुरा भइरहेको बताउँदै नागरिकको जीवन र धनजनको सुरक्षा नै पहिलो दायित्व भएकाले अगाडि त्यसै अनुसार काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए । 

       

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।