Logo

२०८३, श्रावण २७गते


images
images

अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौं  : प्रधानमन्त्री

अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौं  : प्रधानमन्त्री

images
  • अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौं  : प्रधानमन्त्री
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ति भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गरेका छन् । आईतवार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भएपनि विकास निर्माणमा ढिलाई हुँदा आयोजनाको शतप्रतिशत मुल्य बढ्ने गरेको बताए । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ति नियन्त्रणमा गम्भिर रहेको बताए । उनले यो समय प्रविधि र एआईको समय भएको उल्लेख गर्दै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्ने उल्लेख गरे । विकास निर्माणका कामलाई रकेट चालमा सम्पन्न गर्न सरकार लागिपरेको समेत प्रधानमन्त्री ओलीको दाबी छ । 

    images
    images
    images

    उनले भने, ‘भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ति हो । भ्रष्टाचार गर्नेले  १० प्रतिशत गर्ला । तर ढिलासुस्ति गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ । एकातिर आयोजनाको मूल्य शत प्रतिशत बढ्छ अर्कोतिर हजारौँ प्रतिशत उपलब्धि गुमिरहेको हुन्छ । त्यसकारण भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन । ढिलासुस्ति नियन्त्रणमा पनि सरकारको कडाईका साथ ध्यान जानेछ । यो जमाना प्रविधि र एआईको जमना हो । यस युगमा हामी चाँही बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ । बामे सरेर हुदैन ।  त्यस कुरामा सरकारको ध्यान गएको छ ।’

    images
    images
    images

    उनले मधेश प्रदेश निर्माणाधिन क्रिकेट रङ्गशालाहरु सम्पन्न गर्नको लागि समेत सरकारले योजना बनाइरहेको बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।