Logo

२०८३, श्रावण २७गते


images
images

गणतन्त्र दिवस

जनताको हित र अभिमतभन्दा शाही इशारा किर्माथ ठूलो हुन सक्दैन : प्रधानमन्त्री ओली

जनताको हित र अभिमतभन्दा शाही इशारा किर्माथ ठूलो हुन सक्दैन : प्रधानमन्त्री ओली

images
  • जनताको हित र अभिमतभन्दा शाही इशारा किर्माथ ठूलो हुन सक्दैन  : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शासन व्यवस्थाबाट मुक्त भएर जनताले स्थापना गरेको गणतन्त्र अझै सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाडौंको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

    images
    images
    images

    उनले राज्य संयन्त्रलाई सेवा केन्द्रित बनाउन गणतन्त्रले खेलेको भुमिकालाई स्मरण गर्दै नागरिक सर्वोच्चता नै सबैभन्दा ठूलो विषय भएको बताए । उनले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधारको आवश्यकता भएपनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणालीमार्फत मात्र गर्न सकिने जिकिर गरे । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले इतिहासमा राजतन्त्रले जनतासँग भएका सम्झौता पटक–पटक उल्लंघन गरेको स्मरण गर्दै मुकुटको आडमा जनताको सेवा नभई जनतामाथि शासन गरिएको बताए । प्रधानमन्त्री ओलीले वर्तमान समयमा पनि नागरिक अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरे । जनताको हित र अभिमतभन्दा शाही इशारालाई ठुलो भन्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ । 

    images
    images
    images

    उनले भने, ‘राज्यका अंग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने अझै धेरै कुरा हुनसक्छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौतीहरु हुकुम बक्सिने एउटा मुकुटधारी खोजेर होइन लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत इमानदार राजनीतिक शक्ति छनोट गरेर मात्र सामना गर्न सकिन्छ । इतिहास साक्षी छ, त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो सेवा होइन । राज्य संयन्त्रलाई शासनबाट सेवा बनाउने काम गणतन्त्र आएपछि शुरु भएको हो । त्यो अझै सम्पन्न भइसकेको छैन ।’

    निरंकुशतन्त्र र गणतन्त्रमध्ये कुन उत्तम हो भन्ने कुरा समाजमा बहसको विषय बनाईन नहुने  समेत प्रधानमन्त्री ओलीले बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।