बुटवल । लुम्बिनी प्रदेशमा जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त भएकी छन् । लगातार १० बैठकमा सूचना नदिएर अनुपस्थित भएपछि संविधानको व्यवस्था अनुसार उनको पद रिक्त भएको हो ।
जनमत पार्टीबाट समानुपातिक सांसद रहेकी गुरुङ पछिल्लो साढे दुई महिनादेखि बेलायतमा रहदै आएकी छिन् । उनले वैशाख ३० गते श्रीमान् कैलाश गुरुङमार्फत हस्तलिखित राजीनामा दिएको भएपनि औपचारिक रूपमा राजीनामा पत्र प्रदेशसभामा पेश भएको थिएन ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङ लगातार १० बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद रिक्त घोषणा गर्न अनुरोध गरेपछि बुधबारको प्रदेश सभा बैठकमा सभामुख घर्तीले गुरुङ पदमुक्त भएको घोषणा गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology