काठमाडौँ । प्रतिनिधि सभाको स्थगित बैठक साढे ३ बजेदेखि शुरु हुने भएको छ ।
संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै विशेष कारणले साढे ३ बजे बस्ने गरि सभामुखले निर्धारण गरेको जानकारी दिएको छ ।
यसअघि बसेको बैठक विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख गेव्राज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology