Logo

२०८३, श्रावण २७गते


images
images

अवरुद्ध प्रतिनिधि सभा

प्रतिनिधि सभा बैठक अवरुद्ध : सत्ता र प्रतिपक्ष विच गृहमन्त्रीका विषयमा टकराव

प्रतिनिधि सभा बैठक अवरुद्ध : सत्ता र प्रतिपक्ष विच गृहमन्त्रीका विषयमा टकराव

images
  • प्रतिनिधि सभा बैठक अवरुद्ध : सत्ता र प्रतिपक्ष विच गृहमन्त्रीका विषयमा टकराव
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बिहान ११ बजे सम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठक सूचना टाँस गरेर बुधवार सम्मका लागि स्थगित भएको हो ।

    images
    images
    images

    सभामुखको सचिवालयका अनुसार बुधवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको थियो ।

    images
    images
    images

    बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।

    images
    images
    images

    प्रतिपक्षीको अडानबीच बैठक आधा घन्टाका लागि स्थगित भएको बैठक समयमा सुचारु हुन नसकेपछि सूचना टाँस गरेर साढे २ बजेसम्मका लागि स्थगित गरियो र सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे ।

    कांग्रेस र एमालेले सदनमा गृहमन्त्री बोल्न पाउनुपर्ने माग राखेका छन् भने माओवादी र रास्वपाले गृहमन्त्रीले पहिले राजीनामा दिनुपर्ने अडान राखेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।