Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

गृहमन्त्रीको राजीनामा माग पूर्वाग्रहपूर्ण : काँग्रेस

गृहमन्त्रीको राजीनामा माग पूर्वाग्रहपूर्ण : काँग्रेस

images
  • गृहमन्त्रीको राजीनामा माग पूर्वाग्रहपूर्ण : काँग्रेस
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रीको राजीनामा माग्नु राजनीतिक पूर्वाग्रह भएको बताएका छन् । उनले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरे । 

    images
    images
    images

    मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको उल्लेख गर्दै दोषि भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए । यद्यपि कर्मचारीमाथि अनुसन्धान शुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ । 
    गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने तर्क गरे । 

    images
    images
    images

    उनले भने, ‘एउटा कर्मचारीमाथि निष्पक्ष छानविन हुन दिनुपर्दछ । गल्ति भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्दछ । तर कसैमाथि अनुसन्धान गर्दैमा र्गहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ । जजसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरुले राजीनामा दिँदै जाने ?’

    images
    images
    images

    प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेका छन् । भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उनीहरुको माग छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।