Logo

२०८३, आश्विन ९गते


images
images

कृष्ण सेन स्मृति दिवस

रुपन्देहीमा मनाइयो कृष्ण सेन स्मृति दिवस

रुपन्देहीमा मनाइयो कृष्ण सेन स्मृति दिवस

images
  • रुपन्देहीमा मनाइयो कृष्ण सेन स्मृति दिवस
    images
    images

    देवदह । प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्विरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइएको संगठनले जनाएको छ । 

    images
    images
    images

    प्रेस सेन्टर नेपालका पुर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासंघ रूपन्देहीका पुर्व अध्यक्ष यानेन्द्र जिसीले कृष्ण सेनहरुको बलिदानको जगमा नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रता अडिएको बताए । दशवर्षे जनयुद्ध र तत्कालिन अवस्थामा पत्रकारिता क्षेत्रमा राज्यले गरेको हस्तक्षेप, पत्रकारमाथि धड्पकड़ र पत्रकार हत्याका शृंखलाहरूको स्मरण गर्दै पत्रकार जिसीले सेनले देखाएको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    अहिलेको सहज अवस्थाको सहि ढंगले सदुपयोग गर्न र जनताको पक्षमा दृढतापुर्वक कलम चलाउन आग्रह गर्दै उनले सत्ताको निगरानी र खबरदारी गर्ने काममा पत्रकार चुक्न नहुने विचार व्यक्त गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै संगठनका जिल्ला अध्यक्ष विष्णु पोखरेलले देशका सिमित क्रान्तिकारी योद्धाको सूचीमा कृष्ण सेनको नाम अग्रस्थानमा आउने बताए । कृष्ण सेनको गिरफ्तारी र उनको हत्या नेपालको पत्रकारिता क्षेत्रलाई आतंकित पार्ने र आफ्नो स्वार्थमा प्रयोग गर्ने तत्कालिन शाही सरकारको असफल कदम रहेको उनले बताए । 

    कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्यहरु सरु राना, रमेश पोखरेल, संजय सौगातसहित जिल्ला पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृष्ण सेन स्मृति दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।