Logo

२०८३, श्रावण २७गते


images
images

गभर्नरमा डा. पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता, बुधवार पेसी

गभर्नरमा डा. पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता, बुधवार पेसी

images
  • गभर्नरमा डा. पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता, बुधवार पेसी
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिविरुद्ध पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । शुक्रबार पेश गरिएको रिट दर्ता गर्दै सर्वोच्चले बुधवार पेसी तोकेको छ । 

    images
    images
    images

    गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको थियो । 

    images
    images
    images

    अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दावी सहित रिट निवेदन पेश गरेका थिए ।

    images
    images
    images

    निवेदकहरुले गभर्नर पौडेलमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक, बाणिज्य र बैंकिङ क्षेत्रको उपाधी नभई ग्रामिण विकास अर्थशास्त्रको योग्यता रहेकोले ऐनले अनिवार्य गरेको उपाधी नभएको, सिफारिस समितिको व्यक्तिले राजीनामा गरी निहित स्वार्थमा प्रतिपर्धा नगराई नियुक्ति गरिएको आधार समेत देखाई नियुक्ति बदर गर्न माग गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गभर्नर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।