Logo

२०८३, श्रावण २७गते


images
images

एमाले कांग्रेस विचको सहमतिपछि राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

एमाले कांग्रेस विचको सहमतिपछि राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

images
  • एमाले कांग्रेस विचको सहमतिपछि राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
    images
    images

    काठमाडौं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । 

    images
    images
    images

    यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना र डा. पूर्वसचिव दिनेश भट्टराई थिए । जसमध्येबाट पौडेललाई गभर्नरमा नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । 

    images
    images
    images

    प्रवक्ता गुरुङ्गले भने, ‘उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेको नेतृत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा तीन जना व्यक्तिहरु डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. दिनेश भट्टराई पूर्वसचिव तीन जना सिफारिस गरेकोमा डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको तीन जना मध्येबाट नियुक्त गर्ने निर्णय गरेको छ ।’ मन्त्री गुरुङले लामो प्रतिक्षापछि गभर्नरको विषय टुंगिएको समेत बताएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक
  • # गभर्नर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।