Logo

२०८३, आश्विन १०गते


images
images

गौतमबुद्ध राष्ट्रिय उद्यानमा हजारौं पर्यटकको भिड, 'डेटिङ' जाने युवायुवतीको संख्या पनि बढ्दै 

गौतमबुद्ध राष्ट्रिय उद्यानमा हजारौं पर्यटकको भिड, 'डेटिङ' जाने युवायुवतीको संख्या पनि बढ्दै 

images
  • गौतमबुद्ध राष्ट्रिय उद्यानमा हजारौं पर्यटकको भिड, 'डेटिङ' जाने युवायुवतीको संख्या पनि बढ्दै 
    तस्वीर : विष्णु पोखरेल/सेतोमसी
    images
    images

    देवदह  । दशै लगायतका चार्डपर्वहरूको रौनक बढेसंगै आन्तरिक पर्यटनले गति लिएको छ ।  देवदह नगरपालिकाको वडा नं. ६ स्थित गौतमबुध्द राष्ट्रिय उद्यानमा शुक्रवार दशैको दिनमात्रै १ हजार ५० जनाले उद्यान अवलोकन गरेको उद्यानका अध्यक्ष टेक बहादुर रानाले बताए ।

    images
    images
    images


    रुपन्देहीको देवदह खैरेनी बजारबाट उत्तरतर्फ तीन  किलोमिटरको दुरिमा पर्ने गौतमबुद्ध राष्ट्रिय उद्यानमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या फुलपातीको दिनदेखि नै ह्वात्तै बढेको उद्यानका कर्मचारी बताउँछन् । सामान्यतया दैनिक १ सय ५० देखि २ सयको संख्यामा पर्यटक आउने उक्त उद्यानमा  चार्डपर्वको रौनकसंगै ३ सय ५० देखि ४ सय जनाले दिनहुँ उद्यान भिजिट गरेको उद्यान व्यवस्थापनले जनाएको छ ।  

    images
    images
    images

    IMG-20211016-WA0028.jpg
    "चहलपहल बढेको छ, दैनिक ४ सयको हाराहारीमा पर्यटकहरूले टिकट नै काटेर प्रवेश गर्नुहुन्छ" उद्यानका टिकट काउन्टर कर्मचारी ज्ञानु  बहादुर गिरिले भने । उनका अनुसार टिकट बिना प्रवेश गर्ने बालबच्चाहरूको पनि संख्यालाई गणना गर्ने हो भने भ्रमण गर्नेको संख्या दोब्बर हुन्छ । 

    images
    images
    images

      

    गौतमबुद्ध उद्यानमा देवदह बाहेक अन्य स्थानबाट आउने पर्यटकको  सङ्ख्या पनि बढ्दो रहेको छ । देवदह बाहेक अन्यत्रबाट पनि पर्यटक आउने गरेको उद्यानका अध्यक्ष राना बताउँछन् । 

    IMG-20211017-WA0099.jpg
    छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गौतमबुद्ध राष्ट्रिय उद्यानले देवदहलाई राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले २०७६ सालमा  ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६’ आयोजना समेत  गरेको थियो । वनमा कुहिएर खेर गएका काठका मुढाहरुबाट  सुन्दर मुर्ति  बनाएर सजाउने सपना देखेका बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु अहिले आफुहरुको  सपना  पुरा  भएकोमा मख्ख छन् ।

    IMG-20211016-WA0010.jpg

    बुद्ध सामुदायिक वनको स्वमित्वमा रहेको उक्त पार्क  करिब आठ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उक्त सुन्दर उद्यान  सरकारले पर्यावरण र पर्यटन प्रवर्द्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अनुसार नै वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएपछि पर्यटकको संख्यामा उल्लेख वृद्धि भएको हो ।


    उक्त उद्यानको चारैतिर हरियाली वन, उत्तरतर्फ भुलभुले झरनामा कलकल बहेको पानीको दृश्य संगै  बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरू विभिन्न भागमा सजाएर राखिएका छन् । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको सेल्फी पुल, बुद्ध वाटर फल, भुलभुले झरना र हरियो बनको  मनोरम दृश्य उद्यानमा देख्न सकिन्छ । 

    IMG-20211016-WA0067.jpg
    स्थानीय स्तरमा काष्ठकला पार्कको नामले समेत  चिनिने उद्यानमा घुमफिर गरेर टिकटकका लागि भिडियो बनाउने, फेसबुक स्टोरीका लागि भिडियो र फोटो खिच्नेको संख्या उल्लेख्य छ  । पार्कमा आउने  पर्यटकको रोजाइ पानीको फोहोरा, पार्क छेउको चाइनिज दुबोमा बसी  फुलबारीमा तस्बीर खिच्ने लगायतको हुन्छ । 

     
    काष्ठकला अध्ययनदेखि पिकनिक, सेल्फी र टिकटक स्पट हुँदै डेटिङ स्पटको दिशामा उद्यान


    सुरुवाती चरणमा काष्ठकला अध्ययनका लागि भ्रमण गरिने उद्यान पछिल्ला दिनहरूमा पिकनिक, सेल्फी तथा टिकटकका लागि चर्चित हुँदै यतिबेला डेटिङ स्पटको रुपमा समेत चिनिने चरणमा छ । आजभोलि युवायुवतीहरू डेटिङको लागि समेत उद्यानमा पुग्ने गरेको पाईएको छ । पार्कभित्रका रुखमुनी हरियो दुवोमा प्रेमिल जोडिहरू बसिरहेको बाक्लै देख्न सकिन्छ । 


    सालको रुखको छहारीमा बसिरहेका एक प्रेम जोडीले परिचय नखुलाउने शर्तमा आफुहरू सुनवलबाट एकान्तमा बस्न र घुम्न आएको बताए  ।  स्नातक अध्ययन गर्दै गरेका विद्यार्थी समेत रहेका उनीहरूले मिडिया र सामाजिक संजालबाट उद्यानबारे थाहा पाएको र अहिलेसम्म ३ पटक उद्यान भ्रमण गरिसकेको बताए ।


    एकान्त र शान्त बाताबरण अनि सुन्दर उद्यान भएकोले उक्त उद्यान आफु र आफू जस्तै अन्य प्रेमिल जोडिहरूको रोजाईमा परेको उनीहरूको भनाइ छ । सार्वजनिक स्थल र विशुद्ध पारिवारिक उद्यान भएकोले उद्यानमा गर्न हुने र नहुने गतिविधिबारे आफुहरू सचेत रहेको उनीहरूले बताए ।

     

    उक्त उद्यानमा भिजिटरका लागि २० रुपैयाँ शुल्क निर्धारण गरेको छ भने, शारीरिक रुपमा अशक्त तथा जेष्ठ नागगरिकहरुलाई भने नि:शुल्क प्रबेश व्यवस्था मिलाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।