काठमाडौँ । भारतमा आयोजना भइरहेको मिस वर्ल्डबाट बेलायतकी प्रतियोगी मिला म्यागीले प्रतियोगिता छोडेकी छन् । २४ वर्षीया म्यागीले सौन्दर्य प्रतियोगिता छोड्ने निर्णय गरेको हिन्दुस्तान टाइम्समा उल्लेख छ ।
गत वर्ष मिस इङ्गल्याण्डको उपाधि जितेकी मिलीले प्रतियोगितामा बेलायतको प्रतिनिधित्व गरिरहेकी थिइन्। द सन म्यागजिनसँगको एक अन्तर्वार्तामा उनले आयोजकहरूले शोषण गरिरहेको र 'यौन दुर्व्यवहार गरेको जस्तो' महसुस गराएपछि प्रतियोगिता छोडेको आरोप लगाएकी छन् ।
मिलीले बीचैमा कार्यक्रम छोड्ने निर्णयले धेरैलाई आश्चर्य परेको छ । भारतको हैदराबादमा हाल छनौटका विभिन्न प्रक्रिया जारी रहेको यस सौन्दर्य प्रतियोगितामा आफ्नो अनुभव साझा गर्दै उनले प्रतियोगीलाई बाहिरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्न प्रयोग गरिएको खुलासा पनि गरेकी छन् । यसले आफुलाई 'मनोरन्जनको साधन जस्तो बनाउन खोजिएको ' अनुभव भएको बताउदै उनले यसले आफु असहज भएको बताएकी छन् ।
म्यागीले प्रतियोगिता छोडेको र उनको धारणा बाहिर आएपछि आयोजकले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
मे ३१ मा हुने ग्राण्ड फाइनलबाट २०२५ को मिस वर्ल्ड छानिने छ । यो मिस वर्ल्डको ७२औं प्रतियोगिता हो ।
यस बर्ष ४० देशका प्रतियोगीले भाग लिएको आयोजकले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology