काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै पठाउने उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गर्दा सर्वोच्च अदालतले त्रुटि गरेपछि आज सच्याइने भएको छ ।
शुक्रवार सर्वोच्चले लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्दा आदेशको सट्टा फैसला लेखेको पाइएको छ ।
आदेशको ठाउँमा फैसला लेखिएपछि त्यसलाई संशोधन गर्न लागिएको हो । सो गल्ति सच्याउन आजै न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइका लागि पेशी तोकिएको छ ।
जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेशविरुद्ध उच्च अदालत दाङको बुटवल इजलासलले लामिछानेलाई थुनामै पठाउन दिएको आदेश सर्वोच्चले पनि सदर गरिदिएको थियो । आदेश बमोजिम अब मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछाने कारागारमै रहनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology