Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

फरक परिणाम निकाल्न फरक सोच्नुपर्छ- रवि लामिछाने

फरक परिणाम निकाल्न फरक सोच्नुपर्छ- रवि लामिछाने

images
  • फरक परिणाम निकाल्न फरक सोच्नुपर्छ- रवि लामिछाने
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    चितवनमा पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै गुट-उपगुटमा नलाग्न आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले भने- 'फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवास्वप्न देखेको छ भने त्यो असफलता तर्फ जान्छ ।’

    images
    images
    images

    सभापति लामिछानेले जो जहाँ जसरी आएको भएपनि सबैको उद्देश्य साझा भएको बताउदै राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम फरक नहुने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।