Logo

२०८३, श्रावण २७गते


images
images

गतसाल भन्दा बढ्यो दशैँमा रौनक, एकसय एघार वर्षे जम्दार्नी आँबैले पनि रमेर मनाईन् दशैँ 

गतसाल भन्दा बढ्यो दशैँमा रौनक, एकसय एघार वर्षे जम्दार्नी आँबैले पनि रमेर मनाईन् दशैँ 

images
  • सेतोमसी सहकर्मी
  • गतसाल भन्दा बढ्यो दशैँमा रौनक, एकसय एघार वर्षे जम्दार्नी आँबैले पनि रमेर मनाईन् दशैँ 
    images
    images

    कृष्ण अनजान, रुरु । गत वर्षको तुलनामा रुरुक्षेत्रमा  याे वर्षकाे दशैँमा रौनककता देखिएकाे छ । मुख्यतया सप्तमीदेखि नवमीसम्म बाक्लाे सँख्यामा गाउँ फर्कनेहरुकाे लर्काे लाग्याे भने विजया दशमीकाे दिन त टीका थाप्न आउने र जानेले ग्रामिण सडकहरुमा सवारी साधन र माेटरसाईकलकाे भिडभाड नै देखियाे ।

    images
    images
    images


    काेभिडकाे सँक्रमणमा न्यून भएसँगै गाउँमा रहेका बा आमा इष्टमित्र भेट्न आउनेहरु अत्यधिक देखिएकाे रुरुक्षेत्र १ का ओम ज्ञवालीले बताए ।
    पाेहाेर साल सबैले जहाँ बस्छन, त्यहिँ दशै मनाएकाहरु यसवर्ष गाउँ फर्केर गाउँकाे अर्गानिक स्वाद र परम्परामा दशैँ मनाए । "यसपाली त दशैँ मनाउन म पनि परिवार सँग गाउँमै आएँ र परिवारका सदस्यहरुलाई समेत गाउँमै बाेलाएर दशैँ मनाएँ ज्ञवालीले भने ।

    images
    images
    images


    दशैकाे शुरुवात सँगै ग्रामीण क्षेत्रका कच्ची सडकहरु पनि रुरुक्षेत्र गाउँपालिकाले डाेजर लगाएर सहज बनाई दिएपछि गाउँगाउँमा मात्र हाेईन आगन आगनमा बस, जिप, माेटरसाईकल र निजी सवारीका साधन पुर्याउन सहज बनेपछि पनि गाउँ फर्कनेहरुकाे लर्काे लागेकाे हाे ।

    images
    images
    images


    गत वर्षको रुरुक्षेत्र गाउँपालिकाले नै कडाई गरेपछि बाहिरबाट खासै मान्छेहरु दशैँमा गाउँ नफर्केकाेमा यस वर्ष काेभिड सँक्रमण न्यून रहेकाले पनि र काेभिड सँक्रमणबाट बच्न स्वास्थ मापदण्ड अपनाउने बानी परेकाले पनि मास्क सेनिटईजर लगाएतका स्वास्थ सामाग्री प्रयाेग गर्दै घर फर्कने र दशैँ का दिन टीका थाप्न घरघर पुगेकाे देखियाे ।


    सबै जसाे घरहरुमा छाेरा छाेरी नाति नातिना ज्वाइँ भान्जाहरु आएकाे देखिन्थ्याे भने टीका लगाएर गाउँ घरमा टीका थाप्न डुलेकाे देखिएकाे थियाे ।
    गाउँमा  हुने साँस्कृतिक कार्यक्रम पुनर्मिलन समाराेह जमघट त भएनन तर गाउँ फर्केकाहरुले गाउँमा बस्नेहरुसँग घरमै पुगेर भलाकुसारी भेटघाट ढाेग भेट गरेकाे पाईयाे । विगतमा जस्ताे दशैँमा सेलरोटी अर्सा त पाकेनन तर गाउँ भरि बाेका खसी र कुखुरा मज्जाले काटिए ।


    दशैँ रमाईलाे र पारिवारिकसँगै गाउँ घरकाे मिलनकाे अवसर हुनाले पनि गाउँमा आएकाहरु गाउँ घरमा भेटघाटले खुशि देखिन्थे भने निरश बनेर गाउँमा बसेका बुढा बा - आमा, छाेरा - छाेरी, नाति नातिना अाउँदा धेरै खुशि देखिन्थे ।


    जीवनकाे १ सय ११ वर्ष पूरा गरेकी रुरुक्षेत्र १ ठाडाबाटकी जम्दार्नी आँबैले पनि आफ्ना छाेरा छाेरी नाति नातिना र गाउँमा फर्केकाहरुलाई टीका लगाई दिएर खुशि साटेकी छन । एक सय एघार वर्षकी जम्दार्नी आबैसँग टीका थाप्नेहरुकाे पनि राम्रै भिड लागेकाे थियाे ।


    सधै पानीकाे पिरलाेले सताई रहने जम्दार्नी आँवैकाे घरमै एकघार एकधारा अन्तरगत पानी पुगे पछि याे दशैँमा जमदार्नी आँवै फुरुक्क देखिईन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।